• ट्रेण्डिङ:

पुरानो घर भत्किँदा थिचिएर वालकको मृत्यु

पुरानो घर भत्किँदा थिचिएर वालकको मृत्यु

रोदिक खबर

१८, आषाढ २०७८
  • 2.8K
    SHARES
  • पुरानो घर भत्किँदा थिचिएर वालकको मृत्यु

    खोटाङ । छाडिसकिएको घरको तला भत्किएर थिच्दा खोटाङमा एक वालकको मृत्यु भएको छ । चारैतिर बाँसको भाटाको बेराले बारेको र हिलो माटो छापेर छानो बनाइएको मुण्डा घरले भत्किएर किच्दा हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका १४ वर्षीय राजकुमार सार्कीको मृत्यु भएको हो ।

    बसोबास गर्न छाडिसकिएको घरभित्र पसेर खेल्नेक्रममा भत्किएर किच्दा सार्कीको शुक्रबार घट्नास्थलमै मृत्यु भएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए । 

    राजकुमारसँगै खेल्न गएका दुई बालकले भने भागेर ज्यान बचाएका छन् । प्लाष्टिकमाथि छानाकारुपमा राखिएको माटो वर्षाका कारण भिजेर ग¥हौँ हुँदा भार थेग्न नसकेर घर भत्किएको अनुमान गरिएको छ । भागेर ज्यान बचाएका योनानाथ सार्की र मिलन सार्कीको अवस्था सामान्य रहेको छ ।

    राजकुमारको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाउने तयारी भइरहेको नगरप्रमुख राईले बताए । ‘मान्छे वस्न छाडेपछि घरको काठपात मक्कियो, कमजोर भएको थियो,’ नगरप्रमुख राईले भने, ‘वर्षाको पानीले घरको छानाको माटो भिजेपछि वेट धान्न सकेन । भत्किएर बच्चा किच्यो ।’ 

    यस्तै, वर्षाका कारण घर भत्किँदा खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर –५ दुर्छिमका २४ वर्षीय दिनेश राई गम्भिर घाइते भएका छन्। शुक्रबार घर भत्किएर पुर्दा उनको दुवै खुट्टामा गम्भिर चोट लागेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। उनको कम्बर मुनीको भागमा घर भत्किएर पुरेको हो। उनको दुवै खुट्टा नचल्ने भएको छ।

    प्रकाशित मिति :आषाढ १८, २०७८ शुक्रवार - १९:४८:५५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको