खोटाङ । अविरल वर्षापछि खोलामा आएको बाढीले बगाउँदा खोटाङमा दुईजनाको मृत्यु भएको छ । शनिबार परेको अविरल वर्षाका कारण आएको बाढीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर - ६ नेर्पास्थित कालीखोलाले बगाउँदा ४३ वर्षीय शान्ता राईको मृत्यु भएको छ ।
यस्तै, केपीलासगढी गाउँपालिका वडा नम्बर -४ गौरिगाँउस्थित गाईखुरे खहरे खोल्सीले बगाउँदा सोही ठाउँका ७१ वर्षीय पर्शुराम परियारको मृत्यु भएको छ ।
दुबै घटनामा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए । जिल्लामा अहिले पनि लगातार वर्षाद भइरहेको छ।