मंगलवार, कार्तिक ११ गते २०८३

सुनकोसी सुमो दुर्घट्ना : बेपत्ता तीनमध्ये दुईको शव फेला

सुनकोसी सुमो दुर्घट्ना : बेपत्ता तीनमध्ये दुईको शव फेला

रोदिक खबर

१०, कार्तिक २०८३
  • 365
    SHARES
  • सुनकोसी सुमो दुर्घट्ना : बेपत्ता तीनमध्ये दुईको शव फेला

    काठमाण्डौदेखी खोटाङ आउँदै गरेको सुमो दुर्घट्नामा बेपत्ता हुने तीनजनामध्ये दुईजनाको शव फेला परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ३० वर्षीय हरि पुर्कोटी र सोही ठाउँकी २२ वर्षीया अप्सरा राईको शव फेला परेको हो। पुर्कोटीको शव आइतबार उदयपुरको कटारी नगरपालिका–१४ लेखानी ढाप्लेस्थित सुनकोसी नदीमा र राईको शव सोमबार सुनसरी बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्रस्थित सप्तकोसी नदीको स्नानघाटमा फेला परेको प्रहरीले जनाएको छ। पुर्कोटी र राईको सनाखतपछि परिवारले शव घरतर्फ ल्याउदै गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले बताए।

    परिवारले जिल्ला अस्पताल दिक्तेलमा शवको पोष्टमार्टम गर्ने तयारी गरेको छ। कार्तिक १ गते राति २ बजेर ३० मिनेटमा सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गमा को १ ज २९७६ नम्बरको टाटा सुमो सडकबाट अन्दाजी २०० मिटर तल सुनकोसी नदीमा खसेर दुर्घट्ना हुँदा पुर्कोटी, राई र लफ्याङकै २६ वर्षीय रोशन कुमार मग्राती बेपत्ता बनेका थिए।

    मग्रातीको खोजी भईरहेको छ। उक्त दुर्घट्नामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ छिवाकी २१ वर्षीया युपना राई, सोही ठाउँकी १८ वर्षीया काब्या राई र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी घर भई दिक्तेल बस्दै आएकी १६ वर्षीया स्वस्तिका बिश्वकर्माको मृत्यु भएको थियो। चालकसहित चारजना घाइते भएका थिए।

    प्रकाशित मिति :कार्तिक १०, २०८३ सोमवार - १९:४३:३२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको