मंगलवार, कार्तिक ११ गते २०८३

टङ्कनाथ दाहालको योगदान समेटिएको स्मृतिग्रन्थ ‘हाचेका नक्षत्र’ लोकार्पण

टङ्कनाथ दाहालको योगदान समेटिएको स्मृतिग्रन्थ ‘हाचेका नक्षत्र’ लोकार्पण

रोदिक खबर

३, कार्तिक २०८३
  • 2.3K
    SHARES
  • टङ्कनाथ दाहालको योगदान समेटिएको स्मृतिग्रन्थ ‘हाचेका नक्षत्र’ लोकार्पण

    खोटाङ । डा. सुरेश हाचेकालीको सम्पादनमा प्रकाशित ‘हाचेका नक्षत्र: टङ्कनाथ दाहाल’ स्मृतिग्रन्थ लोकार्पण गरिएको छ। रावा कुभिण्डे सेवा समाज, नेपालको आयोजनामा आयोजित कार्यक्रममा पूर्वसचिव एवं लोक सेवा आयोगका निवर्तमान अध्यक्ष माधवप्रसाद रेग्मीले कृति लोकार्पण गरेका हुन्।

    हाचेकामा रत्न राज्य लक्ष्मी विद्यालय स्थापना गर्न करिब नौ रोपनी जग्गा खरिद गरेका दाहाल शिक्षाप्रेमी तथा समाजसेवीका रूपमा परिचित थिए। सिँचाइ, खानेपानी र तत्कालीन खोटाङको सामाजिक तथा राजनीतिक क्षेत्रमा समेत उनको योगदान उल्लेख्य रहेको थियो।

    कार्यक्रममा पुस्तकको समीक्षात्मक टिप्पणी गर्दै सीताराम पोखरेलले ४३ वर्षअघि दिवङ्गत दाहालको जीवनी र योगदानबारे खोज तथा अनुसन्धान गरी स्मृतिग्रन्थ प्रकाशन गर्नु सराहनीय काम भएको बताए।

    दाहालका कान्छा छोरा राजन दाहालले समाजका लागि प्रेरणादायी हुने विश्वाससहित स्मृतिग्रन्थ प्रकाशन गरिएको बताए।

    छ खण्डमा संरचित ग्रन्थमा दाहालको जीवनी, योगदान, तत्कालीन खोटाङको सामाजिक तथा राजनीतिक परिवेश, ६४ जनाका लेखरचना, ऐतिहासिक तस्बिर, स्थलगत अध्ययनका विवरण र वंशावली समेटिएका छन्।

    प्रकाशित मिति :कार्तिक ३, २०८३ सोमवार - ०८:२४:४८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको