बुधवार, कार्तिक १२ गते २०८३

नेपाली कांग्रेस खोटाङको आठौँ जिल्ला अधिवेशन कात्तिक १७ गते हुने

नेपाली कांग्रेस खोटाङको आठौँ जिल्ला अधिवेशन कात्तिक १७ गते हुने

रोदिक खबर

१२, कार्तिक २०८३
  • 148
    SHARES
  • नेपाली  कांग्रेस खोटाङको आठौँ जिल्ला अधिवेशन कात्तिक १७ गते हुने

    खोटाङ । नेपाली कांग्रेस खोटाङको आठौँ जिल्ला अधिवेशन आगामी कात्तिक १७ गते हुने भएको छ। नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन दिक्तेल बजारमा आयोजना गर्न लागिएको जिल्ला अधिवेशन तयारी समितिले जनाएको छ।

    जिल्ला अधिवेशन तयारी समितिका जिल्ला संयोजक रोजान राईले सूचना जारी गर्दै कात्तिक १७ गते दिक्तेलबजारमा अधिवेशन गरिने जानकारी दिएका हुन्।

    यसअघि कात्तिक १४ गते आयोजना हुने भनिएको प्रदेशसभा क्षेत्रीय अधिवेशनसमेत सोही दिन अर्थात् कात्तिक १७ गते नै सम्पन्न गरिने सूचनामा उल्लेख छ।

    अधिवेशनमा सहभागी हुन सम्पूर्ण क्षेत्रीय प्रतिनिधि, वडा तथा गाउँपालिका/नगरपालिकाका सभापति, नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई निर्धारित मिति, समय र स्थानमा उपस्थित हुन जिल्ला अधिवेशन तयारी समितिले अनुरोध गरेको छ।

    नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत खोटाङमा जिल्ला तथा प्रदेशसभा क्षेत्रीय अधिवेशन एकै दिन सम्पन्न गर्ने तयारी गरिएको हो।

    प्रकाशित मिति :कार्तिक १२, २०८३ बुधवार - १३:३४:५६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको