मंगलवार, कार्तिक ११ गते २०८३

चाडपर्वलाई मध्यनजर गर्दै कांग्रेस खोटाङको प्रदेश अधिवेशन स्थगित, कात्तिक १४ गते हुने

चाडपर्वलाई मध्यनजर गर्दै कांग्रेस खोटाङको प्रदेश अधिवेशन स्थगित, कात्तिक १४ गते हुने

रोदिक खबर

२३, आश्विन २०८३
  • 1.4K
    SHARES
  • चाडपर्वलाई मध्यनजर गर्दै कांग्रेस खोटाङको प्रदेश अधिवेशन स्थगित, कात्तिक १४ गते हुने

    खोटाङ । नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत खोटाङमा असोज २३ गतेका लागि निर्धारित प्रदेशसभा क्षेत्रीय अधिवेशन स्थगित गरिएको छ।

    नेपाली कांग्रेस खोटाङको जिल्ला अधिवेशन तयारी समितिले बिहीबार सूचना जारी गर्दै चाडपर्वको समयलाई मध्यनजर गरी अधिवेशन स्थगित गरिएको जनाएको हो।

    समितिका संयोजक रोजान राईद्वारा जारी सूचनाअनुसार नेपालीहरूको महान् चाड दसैँ नजिकिँदै गएको र चाडपर्वको समयलाई ध्यानमा राख्दै पूर्वनिर्धारित अधिवेशन स्थगित गरिएको हो। स्थगित प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी कात्तिक १४ गते सम्पन्न गर्ने सूचनामा उल्लेख छ।

    जिल्ला अधिवेशन तयारी समितिले संशोधित मितिअनुसार आवश्यक तयारीसहित अधिवेशनमा सहभागी हुन खोटाङका सम्पूर्ण क्षेत्रीय प्रतिनिधि, नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई आग्रह गरेको छ।

    प्रकाशित मिति :आश्विन २३, २०८३ शुक्रवार - १७:३७:५८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको