खोटाङ । नेपाली कांग्रेस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर सभापतिमा रामचन्द्र राई चयन भएका छन् ।
नगर अधिवेशनका क्रममा नेतृत्व चयनलाई लिएर चार दिनदेखि जारी निरन्तर छलफल र सहमतिको प्रयासपछि राई सर्वसम्मत रूपमा नगर सभापतिमा चयन भएका हुन् ।
सभापतिकावआकांक्षी प्रकाश कुमार श्रेष्ठ तथा पार्टीका विभिन्न तहका नेता–कार्यकर्ताबीच भएको छलफलपछि नेतृत्व चयनमा सहमति जुटेसँगै केही दिनदेखि देखिएको अन्योलसमेत अन्त्य भएको छ ।
समितिको उपसभापतिमा राजकुमार कटुवाल, महिला उपसभापतिमा मनिला राई, सचिवमा सागर खनाल, सहसचिवमा धनबहादुर श्रेष्ठ सर्वसम्मत रूपमा चयन भएको निर्वाचन समितिले जनाएको छ।
कांग्रेसका स्थानीय नेता–कार्यकर्ताले संगठनलाई थप एकताबद्ध र प्रभावकारी बनाउँदै आगामी दिनमा पार्टी गतिविधिलाई अघि बढाउने जनाएका छन् ।