मंगलवार, कार्तिक ११ गते २०८३

खोटाङबाट कांग्रेस केन्द्रीय सदस्यमा ६ जना चुनावी प्रतिस्पर्धामा

खोटाङबाट कांग्रेस केन्द्रीय सदस्यमा ६ जना चुनावी प्रतिस्पर्धामा

रोदिक खबर

२२, आश्विन २०८३
  • 2.2K
    SHARES
  • खोटाङबाट कांग्रेस केन्द्रीय सदस्यमा ६ जना चुनावी प्रतिस्पर्धामा

    खोटाङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि खोटाङबाट ६ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन्।

    केन्द्रीय सदस्यका लागि विष्णुकुमार राई, वीरकाजी राई, इच्छुराम राना, विकल राई, जब्बरबहादुर विश्वकर्मा र रितबहादुर कटुवाल प्रतिस्पर्धामा उत्रिएका छन्।

    उम्मेदवारहरूमध्ये विष्णुकुमार राई र वीरकाजी राईले आदिवासी जनजाति कोटाबाट, इच्छुराम रानाले खुलातर्फ, विकल राईले कोशी प्रदेशअन्तर्गत ३५ वर्षमुनिको युवा खुलातर्फ, जब्बरबहादुर विश्वकर्माले दलित खुलातर्फ तथा रितबहादुर कटुवालले नेपाली जनसम्पर्क समिति मध्यपूर्व क्षेत्रबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।

    पार्टीको केन्द्रीय निर्वाचन समितिले केन्द्रीय कार्यसमितिका पदका लागि उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिसकेको छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज बिहीबार मतदान हुँदैछ ।

    निर्वाचन कार्यतालिकाअनुसार मतदान बिहान १० बजेदेखि सुरु हुने निर्वाचन समितिले जनाएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार मतदानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको छ ।

    सभापतिसहित केन्द्रीय कार्यसमितिका विभिन्न पदका उम्मेदवार चयनका लागि महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् ।

    प्रकाशित मिति :आश्विन २२, २०८३ बिहिवार - ०७:०३:२४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको