खोटाङ । नेपाली कांग्रेस खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर संयोजकको जिम्मेवारी निर्मला राईलाई दिएको छ।
नेपाली कांग्रेस खोटाङ जिल्ला अधिवेशन तयारी समितिका संयोजक रोजन राईले निर्मला राईलाई नगर संयोजकको जिम्मेवारी तोकेका हुन्।
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीलाई व्यवस्थित, प्रभावकारी र सफल बनाउँदै पार्टी संगठनलाई थप सुदृढ तथा गतिशील बनाउने उद्देश्यले उनलाई नगर संयोजकको जिम्मेवारी प्रदान गरिएको पत्रमा उल्लेख छ।
पत्रमा नगरभित्रका पार्टी नेता, कार्यकर्ता तथा सम्बन्धित तहका समितिसँग आवश्यक समन्वय र सहकार्य गर्दै महाधिवेशन सफल बनाउन तथा संगठन निर्माण र सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न संयोजक राईलाई आग्रह गरिएको छ।