काठ्माण्डौं, १९ जेठ । संगीत सर्जक इशान बशन्तले अर्को नयाँ गीत बजारमा ल्याउने तयारी गरेका छन् । छोटो समयमै नेपाली संगीतका क्षेत्रमा छुट्टै पहिचान बनाएका इशानले ‘तिम्रो मायाँ नै’ बोलको म्युजिक भिडियो बजारमा ल्याउन लागेका हुन् । शनिबारदेखि गीतको म्युजिक भिडियो छायांकनको तयारी भइरहेको इशानले जानकारी दिए ।
पञ्चमान महर्जनको लगानी र दिपेन बस्नेतको निर्देशनमा म्युजिक भिडियो तयार पारेर बजारमा ल्याउन लागिएको हो । म्युजिक भिडियोमा पनि स्वयं इशान लगायतका कलाकारको अभिनय हेर्न पाइने छ ।
श्यामकृष्ण महर्जन (सशान्त घायल)को शव्दमा स्वयं इशानको स्वर र संगीत रहेको छ । संगीतका क्षेत्रमा समर्पित इशानका यसअघि दर्जनौं गीत बजारमा आइसकेको छ ।
‘आफु त हजुर, फेरी पनि, तिम्रो आँखामा, गीत हुँ, बुद्धम शरणम गच्छामी लगायतका बोलको गीत उनका रुचाइएका गीत हुन् । हाल स्वयम्भुमा बसोबास गरिरहेका गायक इसान एक दशकदेखि औपचारिकरुपमा सांगीतिक क्षेत्रमा संघर्षरत छन् ।