शुक्रवार, भाद्र २६ गते २०८३

को हुन भौतिक पूर्वाधार मन्त्री बनेका भुपेन्द्र राई ?

को हुन भौतिक पूर्वाधार मन्त्री बनेका भुपेन्द्र राई ?

रोदिक खबर

२८, भाद्र २०८१
  • 11.4K
    SHARES
  • को हुन भौतिक पूर्वाधार मन्त्री बनेका भुपेन्द्र राई ?

    खोटाङ । कांग्रेसबाट कोशी सरकारको नेतृत्व गर्दै सरकारमा गएका भुपेन्द्र राईको जन्म २०३५ साल असार १५ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ (साविकको याम्खा गाविस) याम्खाको रातमाटा गाउँमा भएको हो । २०७९ मंसिर ४ गते भएकोे प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेशसभा ‘ख’ बाट निर्वाचित भएका राई भौतिक पूर्वधार मन्त्रीको जिम्मेवारी सम्हाल्दै कांग्रेसबाट कोशी प्रदेश सरकारको नेतृत्वमा सरकारमा गएका हुन् ।

    नेपाली कांग्रेस कोशी प्रदेशका महामन्त्री समेत रहेका राईले यसअघि नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकको समेत भूमिका निर्वाह गरी सकेका छन् । महेन्द्रोदय प्राथमिक विद्यालय लिलिमा याम्खाबाट प्रारम्भिक शिक्षा सुरु गरेका उनले २०५२ सालमा महेन्द्रोदय माध्यमिक विद्यालय डाडाँगाउँ ओख्रेवाट प्रवेशिका परीक्षा उतिर्ण गरे ।

    प्रवेशिका परीक्षा उतिर्णसँगै राई विधार्थी राजनीतिमा सक्रिय भए । प्रवेशिका परीक्षा उतिर्णपछि उच्च शिक्षाका लागि शहर हिडेका राईले रत्नराज्य लक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग काठमाडौबाट विए, २०६२/०६३ सालमा त्रिभुवन विश्व विद्यालय र्कितिपुरवाट इतिहास विषयमा स्नातकोत्तर सके । इतिहास विषयमा प्रथम श्रेणीमा प्रथम स्थान पनि हाँसिल गरे ।

    २०५५ सालमा रत्नराज्य लक्ष्मी क्याम्पसमा नेविसंघ इकाईको उपसभापति भएका उनी सोही वर्ष भएको स्ववियु निर्वाचनमा नेविसंघका तर्फवाट उपसभापतिको उम्मेद्वार बने । २०५७ सालमा रत्नराज्य लक्ष्मी क्याम्पसको नेविसंघ इकाई सभापति भएका उनले त्यही वर्ष भएको स्ववियु निर्वाचनमा सभापतिको उम्मेद्वारी दिए । २०६० सालमा सोही क्याम्पसमा भएको स्ववियु निर्वाचनमा पुनः सभापतिका उम्मेद्वारी दिएर उनी पराजित हुन पुगे ।

    नेविसंघ सभापति प्रदीप पौडेलको कार्यकाल २०६३ सालमा नेविसंघको केन्द्रीय सदस्य बनेका राई २०६८ सालमा नेपाली कांग्रेस विद्यार्थी विभागको केन्द्रीय सदस्य बनेर जिल्ला फर्के । पाँचौ जिल्ला अधिवेशन अन्तर्गत क्षेत्रिय सभापतिमा उम्मेद्वारी पनि दिए । फलस्वरुपः निर्वाचित क्षेत्रिय सभापतिले पार्टीका विरुद्ध बागी उम्मेद्वारी दिएपछि भएको विशेष क्षेत्रिय अधिवेशनमा पनि क्षेत्रिय सभापतिका उम्मेद्वारी दिएका उनी जिल्ला कार्य समिति सदस्य बने र संगठन विभाग प्रमुख भएर जिम्मेवारी सम्हाले ।

    छैंटौ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका राई २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसवाट दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षमा निर्वाचित भए । निकटतम प्रतिद्धन्द्धीलाई करीव १२ सय मतान्तरले पछि पार्दै गाउँपालिका अध्यक्ष बनेका राईले जिल्लाको हकमा सवैभन्दा वढी मत ल्याएका थिए ।

    कांग्रेसको सातौ जिल्ला अधिवेशनबाट पुनः महाधिवेशन प्रतिनिधि चुनिएका राईलाई खोटाङ कांग्रेसमा गोल्ड मेडलिष्ट भन्ने गरिन्छ । राईलाई विकास निर्माण र जनताका दुःख सुखका सहयात्री भनेर पनि चिन्ने गरिन्छ ।

    गाउँपालिका अध्यक्ष हुँदा राईले गरेका थिए यी काम

    स्थानीय तहको निर्वाचनवाट भारी मत ल्याई दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष बनेका राईले मोटरेवल पुल निर्माणदेखि महालेखापरीक्षकलाई पालिकाको केन्द्रमै पुगेर लेखापरीक्षण गराउने थिति बसाले । महालेखापरीक्षक विरुद्ध राईले एक्सन नलिएसम्म अपवाद बाहेक महालेखाले आफूलाई पायक पर्ने स्थानमा स्थानीय तहको कागजको पोको बोकाएर ल्याउन लगाई लेखापरीक्षण गर्ने गरेको थियो ।

    राईको खबरदारी र एक्सनपछि महालेखापरीक्षकको कार्यालयमा ठूलै तरंग फैलियो । अब महालेखा पालिकासम्म आउनेरनआउने भन्ने टाउको दुखाईको विषयलाई उनै राईले सधैलाई अन्त्य गरिदिए ।

    अध्यक्ष राईकै पहलमा गाउँपालिका र प्रदेश सरकारको ५ करोड ६० लाख १० हजार ५४५ रुपैयाँ वजेटमा याम्खा र खाल्लेको विच साप्सुखोलास्थित बाटोफेदीमा ४० मिटर लम्बाई, ६ मिटर चौडाईको प्रिस्ट्रेल बिम मोटरेबल पुल दुई वर्षमा निर्माण भयो । पुल बनेपछि दक्षिणी भेगका जनताको यात्रा नै छोटियो । सदाका लागि प्राकृतिक नाबाबन्दी तोडियो ।

    गाउँपालिकाको गौरवको आयोजना अन्तर्गत १ सय ७६ मिटर अग्लो धिप्लुङ झरनाको सौन्दर्यकरण गर्ने काममा राई मरिमेटेर लागे । राईको पहल र खबरदारीले गर्दा प्रदेश र संघीय सरकारले समेत झरनाको पहिचान गरी स्तरोन्नती र सौन्दर्यकरण गर्न बजेट विनियोजन गरे  । गाउँपालिकाको प्रशासनिक पक्की भवनको काम पनि राईको त्यतिकै खबरदारीले सम्पन्न भएको छ ।

    पालिकाभित्र विद्यार्थी संख्या, विद्यालयको भौतिकस्थिति अनुसार शिक्षक दरबन्दी मिलानमा राईले निक्कै महत्वपूर्ण र वैज्ञानिक निर्णय गरेका थिए ।

    १८ कोरोना संक्रमितको बचाए ज्यान

    कोरोनाको दोश्रो लहरले गाँज्दा अध्यक्ष राईले १८ संक्रमितको ज्यान बचाए । कोरोना संक्रमित भई होम आईसोलेसनमा बस्ने क्रममा स्वासप्रस्वासमा गम्भीर समस्या देखिएर ढलेका बिरामीहरुलाई आफूले प्रयोग गर्ने गाडीमा राखी आँफै गाडी हाँकेर तथा पिठ्युमै बोकेर समयमै अस्पताल पु¥याएर ज्यान बचाएका थिए ।

    अन्य गाउँपालिका अध्यक्ष तथा नगरप्रमुख फोनवाट संक्रमितको उद्धार गर्न भनेर निर्देशन गरिरहँदा राई भने पीपीई सेट पहिरीएर संक्रमितको घर–घरमा पुगे, स्वास्थ्य स्थिति बुझ्ने काममा व्यस्त भए । कोरोना महामारीमा जनताको लागि मरिमेटेका राईको कामले सिङ्गो नेपालको ध्यान खिचेको थियो ।

    राईलाई स्थानीय र मूलधारका मिडियाले सबैभन्दा बढी स्पेस दिए । महामारीमा राईले यतिसम्म गरे कि कोरोना संक्रमित विरामीको घरसम्म आफैले गाडी हाँकेर लगे अनि घरसम्म गाडी नजाने स्थानका कोरोना विरामीलाई पीपीई सेट लगाएर पिठ्युँमै बोकेर गाडीमा ल्याई अस्थाई कोरोना अस्पताल पु¥र्याए । त्यस कामका कारण राईले सर्वत्र चर्चा बटुलेका थिए ।

    राईले पिठ्युँमा कोरोना संक्रमित बोकेको फोटो राखेर ‘जनप्रतिनिधि हुन त यस्तो पो’ भनेर अधिकांश नेपालीले सामाजिक सञ्जालमा उनीप्रति सम्मान प्रकट गरेका थिए ।

    कालापानीबासीलाई खुवाए पानी

    मानववस्ती बसेदेखि नै खानेपानीको चरम समस्या झेल्दै आएका लिच्कीराम्चे कालापानीका स्थानीयलाई उनै राईले सुनकोशीको पानी लिफ्टिङ गरेर घरघरमा पु¥याई दिए । जीवनको उपल्लो समयसम्म घरआँगनमा खानेपानी नदेखेका त्यहाँका ६२ घरधुरी यतिवेला तिनै राईले ल्याईदिएको पानी उपभोग गरिरहेका छन् ।

    २४ सै घण्टा धारामा पानी आएपछि उनीहरुको दैनिकी नै फेरिएको छ । करीव २०७१ सालतिरसम्म कालापानीका ११० घरधुरी आहाल र पधेंराको पानी उपभोग गर्दै आएका थिए । त्यही पानी पनि लामो खडेरी र जलवायु परिवर्तनले सुकेपछि पानी अभावकै कारण ४५ घरधुरी बसाईसराई गएका थिए ।

    बाँकी घरले तीन घण्टाको पैदल यात्रा गरेर सावाखोला र सुनकोशीको पानी बोकेर खादै आउँदा कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा हालको प्रदेशसभा ‘ख’ का प्रदेश सभा सदस्य राईको मन कुंडियो । त्यो दृश्यले राईलाई त्यतिकै बस्नै मन लागेन । तत्कालिन योजना आयोगबाट १ करोड ८० लाखको बजेट व्यवस्थापन गरेर रसुवाघाटदेखि डिब बोरिङ गरी कालापानीसम्म २ हजार मिटरमाथि घर घरमा पानी ल्याईदिए ।

    कालापानीमा ३५ हजार लिटर क्षमताको ट्याङकी बनाई ६२ घरधुरीलाई पानी वितरण गरि दिए । काकाकुल जीवन बिताईरहेका स्थानीयले पानी पाएपछि जनजीवन नै फेरिएको छ । सुख्खा गाउँघर हराभरा हुन थालेको छ । मानवले मात्रै नभई पशुपंक्षीले पनि प्रशोधित पानी पिउन पाएका छन् ।

    यस्तै, तराईसँग सिधा जिल्लालाई जोड्ने लाइफलाइन फोक्सिङटारको पुल निर्माणमा राईले सबैभन्दा धेरै खबरदारी गरेका थिए । जुन पुल यतिबेला सञ्चालनमा आएको छ ।

    डिकुवाको बाईटार र उदयपुरको कटारी नगरपालिका–१० सोरुङछबिसेको चिपटार जोड्ने पुलको काम अलपत्र भएको अवस्थामा प्रदेश सांसद भूपेन्द्र राईको दवावमा २०८० फागुन २९ गतेदेखि पुल निर्माणको काम सुचारु भएको थियो । पूर्वाधार विकास कार्यालय गाईघाट र निर्माण व्यवसायीलाई निरन्तर दवाव दिएपछि नेपाल फूलवारी–स्वर्णीम–अन्सुमन जेभीले साउन पहिलो साता पुल निर्माणको काम पुरा गरेको हो । पुल बनेपछि उनीहरुको डुंगा चढ्नुपर्ने वाध्यता सँधैका लागि अन्त्य भएको हो ।

    साविकको डिकुवा–३ बाईटार र बलुई तथा साविकको डिकुवा–२ टारगाउँका करिब ११० परिवार डुंगाबाट नियमित नदी वारपार गर्दैआएका थिए । बाईटार, बलुई, टारगाउँ लगायतका स्थानीय सदियौंदेखि डुंगाबाट सुनकोसी वारपार गर्दैआएका उनीहरुले अब डुंगा चढ्नु पर्नेछैन ।

    प्रकाशित मिति :भाद्र २८, २०८१ शुक्रवार - १०:४७:३८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको