खोटाङ । शिक्षक हित बचत तथा ऋण सहकारी सस्था लिमिटेड खोटाङको अध्यक्षमा सन्सारमान राई चयन भएका छन् ।
संस्थाको दिक्तेलमा शनिबार सम्पन्न चौथो अधिबेशन तथा नवौ साधरण सभाले राईको अध्यक्षतामा ९ सदस्यीय नयाँ समिति चयन गरेको हो।
समितिको उपाध्यक्षमा सुस्मिता राई, सचिवमा नइन्द्र कुमार खत्री, सहसचिवमा शिबराज राई र कोषाध्यक्षमा अर्जुन घिमिरे चयन भएका छन् ।
यस्तै, सदस्यमा सबिता रम्तेल, कुसुमाया खत्री, गणेश कुमार खड्का र दलित कुमार राई रहेको मिनकुमार दाहालले जानकारी दिए ।