अनिता ‘प्रकृति’
यसरी हराए म
तिमीले खोज्नै सक्दैनौ।
छायाँ जस्तै जिन्दगी
एक पल सोच्नै सक्दैनौं।
म अल्मलिए
अजंगको भीडमा
खुट्टा उचाल्छु।
यात्रा पछाडि सर्छ।
सुस्तरी सुसेल्छु।
नेपथ्यमा आवाज गुन्जिन्छ।
म यसरी फैलिए,
बरको जरा जसरी नै
मैले अब हराएको जिन्दगी खोज्नु छ।
गल्न बाँकी आधा मुटु दुख्छ घरी घरी
फुर्सदमा मलम पट्टी गर्नु छ।
मजाकको पात्र न हुँ म
२र४ दिन रमिता देखाउनु छ।।
आँशु मन दुखेर झर्छ।
आँशु मन दुखेर झर्छ।
कमजोर भएर त पसिना आउने हो।
अब आफ्नै हराएको सपना खोज्नु छ।
बाँकी रहेको आयु साँच्नु छ।
अलिकति मुस्कान उब्रिएछ भने
डुब्न लागेको घाम जस्तै चम्किनु छ।