हराए पछि म

हराए पछि म

रोदिक खबर

२४, श्रावण २०८१
  • 6.8K
    SHARES
  • हराए पछि म

    अनिता ‘प्रकृति’

    यसरी हराए म 
    तिमीले खोज्नै सक्दैनौ।
    छायाँ जस्तै जिन्दगी
    एक पल सोच्नै सक्दैनौं।
    म अल्मलिए 
    अजंगको भीडमा
    खुट्टा उचाल्छु।
    यात्रा पछाडि सर्छ।
    सुस्तरी सुसेल्छु।
    नेपथ्यमा आवाज गुन्जिन्छ।
    म यसरी फैलिए,
    बरको जरा जसरी नै
    मैले अब हराएको जिन्दगी खोज्नु छ।
    गल्न बाँकी आधा मुटु दुख्छ घरी घरी 
    फुर्सदमा मलम पट्टी गर्नु छ।
    मजाकको पात्र न हुँ म
    २र४ दिन रमिता देखाउनु छ।।
    आँशु मन दुखेर झर्छ।
    आँशु मन दुखेर झर्छ।
    कमजोर भएर त पसिना आउने हो।

    अब आफ्नै हराएको सपना खोज्नु छ।
    बाँकी रहेको आयु साँच्नु छ।
    अलिकति मुस्कान उब्रिएछ भने
    डुब्न लागेको घाम जस्तै चम्किनु छ।

    प्रकाशित मिति :श्रावण २४, २०८१ बिहिवार - ०८:११:४८ बजे

    रोदिक खबर