दिप्रुङमा चैत्र २९ र ३० गते खुला राष्ट्रिय कविता प्रतियोगिता गरिने

दिप्रुङमा चैत्र २९ र ३० गते खुला राष्ट्रिय कविता प्रतियोगिता गरिने

रोदिक खबर

४, चैत्र २०८१
  • 4.4K
    SHARES
  • दिप्रुङमा चैत्र २९ र ३० गते खुला राष्ट्रिय कविता प्रतियोगिता गरिने

    खोटाङ । दिप्रुङ चुइचुम्मा प्राज्ञ समाजले खुला राष्ट्रिय कविता प्रतियोगिताको आयोजना गर्ने भएको छ। समाजले चैत्र २९ र ३० गते दिप्रुङ चुइचुम्मा गाउँपालिकाको आर्थिक सहयोगमा खुला राष्ट्रिय कविता प्रतियोगिता आयोजना गर्ने भएको हो। समाजले देशभरिका प्रतिभावान् कविहरूलाई प्रतियोगितामा सहभागी हुन आह्वान गरेको छ।

    प्रतियोगितामा सहभागी हुन चाहने कविहरूले आफ्ना मौलिक, अप्रकाशित र अन्य कुनै प्रतियोगितामा सहभागी नभएका छन्दबद्ध वा छन्दमुक्त दुवै किसिमका कविताहरू पठाउन सकिनेछ । कविता नेपाली भाषामा टाइप गरिएको हुनुपर्नेछ र कविता पठाउने अन्तिम मिति चैत्र ५ गते तोकिएको छ।

    कविताहरू hopailung@gmail.com वा ९८६२९७९४०५ मा पठाउन सकिनेछ। समय सीमा नाघेर आएको कविताहरू प्रतियोगितामा समावेश गरिने छैनन्।प्रतियोगीले आफ्नो कविता छुट्टै पानामा र आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर छुट्टै पानामा लेखेर पठाउनुपर्नेछ ।

    वाचनका लागि छनोट भएका कविहरूले तोकिएको मितिमा नागरिकता प्रमाणपत्रको प्रतिलिपि र दुई प्रति हालसालै खिचिएको फोटोसहित उपस्थित हुनुपर्नेछ। वाचनका लागि छानिएका कविताहरूको सूची चैत्र १५ गते प्रकाशित गरिने दिप्रुुङ चुइचुम्मा प्राज्ञ समाजका अध्यक्ष नरेन्द्र निर्विकारले जानकारी दिए ।

    विजेताहरूलाई प्रथम पुरस्कार ३० हजार रुपैयाँ, द्वितीय २० हजार रुपैयाँ, तृतीय १० हजार रुपैयाँ र सान्त्वना पुरस्कार ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसबाहेक, छनोट भएका सबै कविहरूलाई प्रशंसापत्र प्रदान गरिनेछ र वाचन गरिएका सबै कविताहरू प्राज्ञ समाजको भावी प्रकाशनमा समावेश गरिने जनाइएको छ ।

    प्रतियोगिता दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सभाहलमा आयोजना हुने प्रतियोगिताले नेपाली साहित्यको क्षेत्रमा नयाँ प्रतिभाको खोजी गर्नुका साथै साहित्यमार्फत समाज रुपान्तरणमा टेवा पुर्‍याउने विश्वास समाजले लिएको छ।

    प्रकाशित मिति :चैत्र ४, २०८१ सोमवार - ०६:३६:५७ बजे

    रोदिक खबर