सत्तारोहण राजनैतिक दल याँ प्रतिपक्ष दल भित्र रहेर केही राजनीतिक शुद्धता र जिम्मेवारीको कुरा गर्दा लाखौ संगठित र सक्रिय सदस्यहरु हुँदा पनि यहाँ भित्रका एक सय एक सक्षम र योग्य मान्छेहरु पूर्णरुपमा छनौटम पर्न सकेका छैनन्, नेपालका राजनीतिक दलहरु पूर्णरुपमा शुद्ध राजनीतिमा पुग्न सकेका छैनन् । राज्यबाट तलब खाएका बहालवाला पदाधिकारीको बहुल्यताबाट राजनीतिक दलहरुको सञ्चालन भएका छन् ।
आज केन्द्र, प्रदेश, जिल्ला, नगर र गाउँ कमिटीमा सक्रिय राजनीति गर्नको लागि जुन किसिमबाट बहालवाला राज्यको तर्फबाट तलब लिने र जनताको सेवा गर्ने कर्मचारी, शिक्षक, प्रध्यापक, डक्टर र वकिलहरु आज राजनीतिक दलहरुका सदस्य बनाएर कमिटिमा सक्रिय बनाउनु र दलगत जिम्मेवारी दिनु देशमा बनाईएका नीति नियम कानुन र विधानको ठाडो उलंघन भएको छ, जुन अहिलेका नेपालका सबै राजनैनिक दलको व्यवहारले पुष्टि गरेको छ ।
अन्तत् स्वतन्त्र जनता, कार्यकर्ताभन्दा पनि पेशेवरबाट पार्टी चलाउनाले गर्दा यसको सिदा असर सरकारले गर्ने कतिपय क्षेत्रका नियुक्ति, मनोनितमा राजनीतिक दलको ठाडो हस्तक्षेप र भागबण्डा रहँदा जुन किसिमबाट छनोट गर्नु पर्ने हो, त्यही अनुसार कतिपय क्षेत्रमा छनोट हुन नस्कनु,प्रक्रियागतरुपमा योग्य र सक्षम मान्छे बाईपास भएका धेरै उदाहरणहरु हामी बीच छन् चाहे त्यो कुनै संबैधानिक निकाय, सुरक्षा निकाय, विश्वविद्यालय, स्वास्थ्य या न्यायलय क्षेत्र नै किन नहोस सबैमा यसको प्रभाव परेकै छ ।
मूलतः बहालवाला वकिल, न्यायाधीश, कर्मचारी, शिक्षक, सामाजिक संघसस्थाका पदाधिकारी सबैमा राजनैतिक रंग देखिन्छ । तसर्थ नेपालमा भनसुनबाट काम गर्ने र आफ्नो काम गर्नको लागि अरुमा विश्वास गर्ने धेरै जनताहरु छन् जहाँ परिवार तथा समाजमा अलि बुझ्ने हुँ भन्नेहरु, सार्वजनिक जीवन बिताएकालाई बढि विश्वास गर्ने र उनीहरुले भनेको कुरा मान्ने, उनीहरुले भनेकै दल र नेतालाई आफ्नो मत दिने यथार्थ सत्य अझैपनि हाम्रो नेपाली समाजमा कायमै छ ।
त्यसेैले सचेत र सजग वर्गको बहुल्यता कम हँुदा सुयोग्य मान्छेभन्दा पनि दलले घोषणा गरेका मान्छेले जित्ने प्रवृत्ति छ, यहाँ पावर पैसाले चुनाब जित्ने हुँदा आज राजनैतिक दलले समाजमा छाप पार्न सक्ने र धेरै मान्छेसँग सम्पर्क हुने सार्वजनिक पदमा रहेका बहाल वाला पेशेवरहरुलाई दलले चुनाब जित्नको लागि र आफ्नो सामाजिक प्रभाब बढाउनको लागी आज राजनीतिमा यस्ता मान्छेहरुलाई सक्रिय बनाउने काम गरिएको छ, यो निन्दनीय छ । तसर्थ यो कर्मचारी र शिक्षक ऐन सबै देखाउनका लागि मात्र हो भन्ने कुराको पुष्टि गरेको छ ।
नेपालमा कस्ता मान्छेले राजनीति गर्ने भन्ने कुराको कुनै सिमा र दायर छैन । जसले गर्दा आज सार्वजनिक रुपमा समाज सेवा र मानवीय धर्मको काम गर्ने रेडक्रस स्काउट, परोपकारमा काम गर्ने सस्था लगायत अन्य संघसस्थामा पनि राजनीतिक रंग मिसिएको छ जसले गर्दा आज यहाँ यो हाम्रो र त्यो अर्कोको भन्ने कुराले जरो गाढेर बसेको छ ।
तसर्थ नेपाल कुनै यस्तो सस्था राजनीतिबाट विशुद्ध रहेको भेटियोस् त्यो संभव छैन यसले नै गर्दा आज जस्तासुकै कामपनि भनसुनबाट काम गर्ने हुँदा देशमा अपराध, कमिशन र भ्रष्टाचार अराजकता बढेका छन् साथै कुनै सर्वसाधारण कुनैपनि राजनीतिक दलप्रति आस्था नराख्दा उसले आज प्रक्रियागत मिलेका कामपनि समयमा सम्पन्नता गर्न नसक्ने अवस्था छ जसको पछाडिको कारण पनि यिनै हुन् ।
शासनमा सुशासनको पाटोलाई हेर्दा नेपालका राजनीतिक दलले आफ्नो नियम विधान र ऐनको कार्यान्वन हुन नसक्दा राज्यको स्रोतबाट तलब खाएकाहरुको दलगत राजनीतिले गर्दा जनताले सुशासनको प्रत्याभूति समेत गर्न पाएका छैन ।
मूलतः शासकीय पात्रहरु निहित शक्ति अधिकार र दायित्व नागरिक सेवा र सन्तुष्टि सापेक्ष गर्ने शासन प्रणालीले सेवा गरेको पाइन्न यो सुशासनलाई जनताको सेवामा जोड्न नसक्नुको कारण पनि दलहरुले पेशेवार राज्यको काम गर्नको लागि नियुक्ति लिएर पार्टींलाई लेभी तिर्ने र दलगत राजनीतिमा गएको पराकाष्ठा नै हो तसर्थ दलले आफ्ना राजनैतिक गतिविधि जनता तथा भूतपूर्वहरुबाट खोज्नु नितान्न आवश्यक भएको छ तसर्थ ऐन नियम बनाउने मात्र हैन कार्यान्वनमा पनि जान सकोस ।
वीरबल खड्का धनकुटा, हालः दोहा कतार ।