एउटा अपरिचित इतिहास

एउटा अपरिचित इतिहास

रोदिक खबर

२२, भाद्र २०७७
  • 5.5K
    SHARES
  • एउटा अपरिचित इतिहास

    एक आंग झुम्रो अनि सिर्फ पेटको लागि उ अहोरात्र खटिरहयो, उसले कुनै हिउँद बर्खा अनि चिसो गर्मी कुहिरो बादल, साउने झरी र भदौरे घाम, चैते हुन्नरी  बिर्सियो यो उसको केवल पेट सँग गरेको संघर्ष अनि लडाई थियो ।

    अरु जस्तै उ पनि जुध्यो,  लड्यो,  संघर्ष गर्यो, युद्द छेड्यो, शत्रु परास्त गर्यो उही पुरानो हतियार बोकेर । सोह्र ठाउमा च्यातिएको र गाठा पारेको कालो रंगको पटुका, खागिको खैरो भोटो,खाडीको कट्टु  जस्ता पहिरनले  उसको हरदम इज्जतमा टेवा दिन्थ्यो मयल लूकाइ दिएर अनि टुप्पी निस्केको खैरो रंगको टोपीले पनि उत्तिनै साथ् दियो बारम्बार जिउबाट आउने परिश्रमका थोपाहरु पुछनको लागि ।

    हरेक मानिस संघर्ष गर्छ केवल सुखको लागि, शक्तिको लागि, सम्मानको लागि, सामर्थ्यको लागि, सत्ताको लागि, सम्पतिको लागि, स्वतन्त्रताको लागि, सदनको लागि, समानताको लागि, संघीयताको लागि । उ पनि लडी नै रहयो तर फरक यहि थियो उ सिर्फपेट र परिवारको लागि । आज करिब साढे चार वीस हिउँँद अनि वर्षा, जाडो, गर्मी, सिरेटो  अनि चक्रपात सग साक्षात्कार गरेको उसको कालजयी अनुभब अनि तितो दुख र कटु यथार्थ उसले उनेर भोगाईको माला सजाएको छ ।

    राणा शासनको निरंकुस व्यवस्था र उसले भोगेको त्राहिमाम जिन्दगी,पञ्चायत कालमा जिम्मालको रबाफ, पञ्चेको हाइदुवाई, प्रजातन्त्रको सुरुवातिमा अतको आरोप देखि बेकसुर पाएको दण्ड, पञ्चायत कालपछिको प्रजातन्त्रको मिर्मिरे बिहानीमा उन्मत्तहरुको धम्कि अनि पार्टी इतरको आरोप, राजसंस्था बहिर्गमनको आन्दोलनमा खोसेर फ्याकिएको ढाकर अनि तोक्माको हबिगत आज उसको दिमागमा सिनेमाको रिल झैँ फनफनी घुमिरहन्छ ताजा र आलो घाउ बनेर्र धेरै वटा तन्त्र भोगेको उ आज युबा पुस्ताको लागि जिउदो इतिहास अनि अनुभवको ज्ञान कोष बनेको छ ।

    उसको पिठ्यूमा उही खस्रा चोयाले बनेको ढाकर को छाप, काँधमा खकनको डाम, हत्केलामा तोक्माको ठेला अनि पैतालामा गेग्र्यान ढुंगाले बनाएका बिबिध आकृतिका छापहरु अहिले पनि जीवित छन् । चुनाब ताका धेरै छोराछोरी नाती नातिनाहरु हजुर बा फलाक्दै आए, कसैले केहि पैसा दिएपनि,धेरैले उसले सोचे भन्दा बढी आशाको पन्तुराहरु पस्किए, चिल्लो घसे र उसको मताधिकार फुत्काएरै छाडे ।

    कोहि टाठा बाठाहरुले गोजीको नै दिएझैँ गरि बृद्दा भत्ताको बारेमा रामायण फलाके्रचुनाबको दिन दुई पांग्रे मोटर लिएर बोक्न केहि लठेतहरु आएअनि हात समातेर खै कुन हो चिन्हमा स्वस्तिक छाप घोटे्र बेलुका फर्किदा आधा बाटोमा बुढेस अब जा भनेर छाडी दिएको तितो दुःख उनि अझै उप्काएर आसु झार्छन  ।

    अहिले उनको बस्तीमा सबैतिर डोजर आतंक छ, करिब आठ महिना पुग्ने अन्न खाने खेतबारी सबै खनियो, पुरियो, भत्कियो अनि सुन्य मुआब्जामा उनि सुकुम्बासी दर्ज भएका छन् । हिजोका मत मगन्तेहरु आज त्यहि बाटो हुँदै सेतो नम्बर प्लेटमा हर्न बजाउँछन तर त्यो बयो बृद्दको झुपडीमा कसैको पनि नजर बिच्छिदैन, गत सालको अविरल बर्षातको कारण उनको मक्किएको पुरानो झुपडी त्यहि सडकमा चिप्लिएर गजधुम्म बसेको छ उनि आफु तल्लो घरको गोठमा बाह्र घन्टे दिग्दारिला कालारातका कहरहरु कटाउँदैछन ।

    छिमेकीको ठुला टाइगर बेट्री जाने पानासोनिक रेडियोले बिकास निर्माण अनि संघीयताका नाराहरु अलाप्छ, रिबन काटेका अनि सिलान्यास र उद्घाटनका खबरहरु फलाक्छ, स्वागत भाषण अनि शुभकामना मन्तब्य साथै सम्बोधनका भाषणका प्रमुख खबर हरु फुकिरहदा उनको टाउको रिंग्छ, चक्कर लाग्छ अनि कता कता अमिलो डकार आउदै पेट हुडाल्छ ।

    कहिलेकाही सहिद विवस को कार्यक्रम बज्छ अनि ती ज्ञात अज्ञात सहिदहरुको नामको फेहरिस्त  अनि मौन धारण को समाचार बजिरहदा उनि एकतमासले भक्कानिन्छन अनि उनीहरुको सपनाको स्वप्निल संसार अपूर्ण भएको अन्दाज काट्छन्  । तल्ला घरको ठाइलो अनि माथ्ला घरको राइलो नाति पर्ने हरु बाकसमा प्याक भएर आउदा परिवारको कोकोहोलोसँगै उनि सरकारसँग गुनासो गर्छन तर मन शान्तिका लागि मात्र किनभने उनको शब्दको तरंग उनिसँग मात्रै सिमित छ कुरा बिक्रि हुँदैन ।

    बेतको लाठी टेकेर त्यहि पहिराले लगेको जग्गाको तिरो तिर्न वडा कार्यालय जादा उनि बेहोस भएर ढलेका थिए अनि कसैले पानि छ्यापेर ब्युझाएको थियो । करले ढाड सेक्यो तर विकास उत्पादन र रोजगार दिन नसकेको स्थानीय सरकार प्रति बुझेर या नबुझेर उनि निकै रुष्ट छन् अनि घुडा मुनी शिर नत गरेर आफ्नो कर्म अनि अवस्थालाई नै दोष दिन्छन ।

    राष्ट्रको प्रतिव्यक्ति आय बृद्दी भएको खबर सुनेर उनि खुशी हुदै आफ्नो पुरानो काठे  सन्दुक उघार्छन अनि त्यहि पुरानो काचो कागजमा लेखिएको जग्गाको पूर्जा अनि चेपमा राखेको वीस मात्र देख्छन अनि सोचमग्न हुन्छन हो रहेछ प्रतिव्यक्ति आय बढेकै रहेछ ।

    राणाकालिन सहिदहरु, पञ्चायात कालिन सहिद, प्रजातन्त्र प्राप्तिका सहिद, जनआन्दोलनका सहिदहरु अनि लोकतान्त्रतिक आन्दोलनका सहिद हरु सम्झिन्छन अनि पाखामा बेस्कन फस्टाएका उत्तीसका रुखहरु हेर्छन जहाँ धेरै सहादत प्राप्त हरुको लाछ पुरिएको छ, जिजिबिशा छोपिएको छ, आस्था गाढिएको छ उनि तन्द्रा अबस्थामा बर्बराउछन् ।

    कठै बेक्कारमा जोबन खेर फालेछौ, नइतिहासले लेख्यो, नपिढिले भोग्यो, तिमिहरुको स्वप्निलसन्सार्र पढाईमा कमि तर अनुभब, सक्रियता, जीवन संघर्ष  अनि भोगाइमा धेरै ज्ञान र उपाधि प्राप्त उनि कसैको रिस र आस गर्दैनन् सबै कुरालाई कर्मको नियति अनि परिश्रमको फल ठान्छन  । बल र कर्मका पुजारी उनि अहिले छल र बोलको दुनियाँमा कागको बथानमा बकुल्लो जस्तो भएर काल कुर्दैछन्  ।

    उनलाई भौतिक सम्पति र सुख सयलको त्यत्रो ठूलो मोह अनि लाल्चा छैन, बिहान बेलुकाको छाक र एक आंग झुम्रो उनको लागि काफी छन्  । गाउँ गाउँमा सिंह दरबारको सपना बाढेर उम्काएको उनको गोप्य मत को आज उनलाई खेद छ, भेटेर मज्जाले धोको पुगुन्जेल भलाकुसारी गर्न इच्छा छ त्यो पुरा होला नहोला उनलाई थाहा छैन । बुढो बाख्रालाई खुकुरीको डर नभएझैँ उनि पनि स्वार्थ लोभ अनि धम्कीमा पनि कहिल्यै पानी उकालो बग्दैन भन्न छाडदैनन् । देश, जनता, भूगोल, शासन पद्दति उस्तै नै भएको तर समय अनि शासक मात्र फेरिएको उनको कथन छ ।

    उनि आफ्ना पनाति पनातिनाहरुलाई दन्ते कथा, श्लोक, गीताका महाबाणी, रामायणका काण्ड, बेदका दिब्य ज्ञानहरु सुनाएर कहिल्यै थाक्दैनन् यो उनको सुनाइ मात्र थियो अनि थोरै भोगाई पनि मिसिएको थियो । गाउलेहरु सबै मिलेर पुल बनाएको, चौतारा बनाएको, फलैचा अनि बिश्राम चौतारी बनाएको, मर्दा पर्दा सबै मिलेर समस्या हल गरेको सुख दुख बाढेको, सबैमा धर्म, बिस्वास, आस्था, अनुशासन, सहयोगी मन भएको कुरा धेरै सम्झंछन अनि आजको मतलबी दुनियाँ स्वार्थि सोच, अहंकार, ढोंगी र बोक्रे आडम्बर उनलाई किमार्थ मन पर्दैन ।

    उनि अहिले बृद्द अनि असक्त भैसकेका छन्, उनलाई पुरानो ढाकर, तोक्मा, सिरान्जे अनि खकनले छोडी सकेका छन् तर उनको हिजोको दुःख शास्ती अनि अभाबले छोडेको छैन ।

    उनलाई आफ्नो देश, राष्ट्रियता, भाषा, संस्कार अनि परम्पराको अगाध स्नेह छ, देशका बिभिन्न स्थानहरु छिमेकी देशले मिची सक्यो भन्दा उनि ठुलो बिलाप गर्छन, सुस्केरा हाल्छन, सक्नेभए, जङेपिल्लर समाउन जाउलाझैं गर्छन, खै के बुझेर हो कुन्निअस्ति लिम्पियाधुराको नक्शा भएको नेपालको नयाँ मान चित्र हेर्दा उनको चेहरामा खुशिका आशु झरेका थिए,चाहुरिएको अनुहार तन्केको थियो ।

    अहिलेको नेपालको राजनीतिक खिचातानी ,पदलोलुपता,संकीर्ण सोच,दरिद्र मानसिकता अनि अन्योल र अस्थिरता देखेर उनि आक्रोसित हुन्छन र लामो सुस्केरा लिदै राजनीतिक दलका शीर्षस्थ नेताहरुलाई भालिभाती गालि गर्छन, स्वार्थ, मोह अनि पैसाको लागि देशको अस्तित्व नामेट बनाउने भए भन्ने उनको ठुलो गुनासो छ । उनमा जोस सकिएपनि राष्ट्रियता र देशप्रति प्रगाढ माया छ, उनि एउटा इतिहासको जिउदो ठेली अनि धेरै युग र शासन भोगेका अनुभब र दृश्यहरु सबै स्मरण गर्छन ।

    उनको बुझाइमा राजनीति गर्नु भनेको देशको उन्नति प्रगति, विकास र सुशासन कायम गर्दै देशमा भएका सबै युबा पुस्ताहरुलाई रोजगारी दिई देश आत्मनिर्भर भै धेरै समानहरु निर्यात गरि बिदेशी मुद्रा आर्जन गर्दै देशको छबी विश्वमा चिनाउनु, अनुशासन, विधि र कानुनको शासन सच्चा राजनीति हो ।

    देशको अधिकांस भूभाग डुलेका उनि नेपाल एउटा ठुलो सम्भाव्यता बोकेको अनि प्राकृतिक रुपमा विश्वमा अग्रणी स्थानमापर्ने सुरम्य देश हो, यहाँ जल, जमिन, जंगल, जडिबुटी, जनावर, हिमाल, पहाड, तराइ, लेकबेसि ,फाट, प्राकृतिक सम्पदा अनुकुल जलबायु विविध राष्टृयता हरेक रहेको तर शासकहरुमा दृढ इच्छा शक्ति, देशभक्ति, तत्परता मात्र नभएको फलाक्छन ।

    मरुभूमिका देशहरु, टापुका देशहरु, भूगोल र प्रकृतिले ठगेका देशहरु साथै भोककरीले थला परेका अनि लामो समयसम्म अरु देशको उपनिबेशमा रहेर भर्खर मात्र स्वतन्त्र भएका देशहरुको विकासको चरमता अनि सुशासन र सुब्यवस्था, अर्थतन्त्र र उच्च जीवनशैली देख्दा उनलाई आफ्नै औलाहरु, सिलौटामा राखेर किच्न मन लागेर आउछ किनकी त्यो चुनाबमा सहि व्यक्ति छान्न गल्ति गरेको पछुतो अहिलेसम्म भैरहेछ ।

    संघीयता सहितको अहिलेको स्थानीय सरकार सग पनि उनि त्यति खुशी र सन्तुष्ट छैनन उनि भन्छन, राष्ट्र दोहन हुने काम मात्र भयो, पहिला एउटा मात्र सिंह थियो उसकोथोरैर सामान्य सिकारले थोरै साना, निमुखा दुर्बल जनावर मात्र सकिन्थे तर आज धेरै सिंह भएर जताततै बढी सिकार मारिनाले एक दिन ठूलो आर्थिक संकट आउने कुरामा उनको भबिष्यबाणी छ ।

     दीर्घकालिन सोच, दिगो विकास, दीर्घकालीन आम्दानीका स्रोतको पहिचान भएन, आधारभूत आवश्यकता पुरा नभई अतिरिक्त आवश्यकताको सपना बन्नु जहाँ सबैको भलाइभन्दा मलाई बढी हुन्छ । उर्बर आवादी जग्गाहरु डोजर आतंकले र आबासको लागि सकिए, कृषिमा सम्भाव्यता भएतापनि सोँच बनेन, कर्मकाण्डी योजना बनाइए आज रमाउने वातावरण बन्यो भोलि सोचिएन ।

    अधिकार सहितको संघियता ठिक हो तर परिपार्टी अनि पद्दतिको विकास भएन, पुरातनबादी सोचले छोडेन, आडम्बर र अहंकार अलि बढी भयो । हुनेखाने र हुँदा खानेको बिचको खाडलको अन्तर आकासियो ।

    सत्ता र शक्तिको दुरुपयोग हुँदैछ अनि देशको मुहार फेर्न सक्ने र आवश्यक पर्दा काध थाप्न सक्ने सबै उर्जाशिल, जोसिला युवाहरुलाई मुग्लान पठाएर देश रित्तो बनाउने काम भयो्र कर्मचारीमा त्यस्तो निष्ठता, इमान्दारिता, नैतिकता अनि पारदर्शिता भएन सबैको दाउ कमाउने र देश चुस्ने मात्र भयो, सहिष्णुता, जबाफदेहीता, आत्मियता, सदाचार अनि भाइचाराको सबन्ध खरानी भयो । आफ्नो देश, राष्ट्रिय संस्कार अनि आफ्नोपन बिर्सेर पश्चिमाहरुको आगन्तुक संस्कारलाई मलजल गर्न थालियो ।

    यसले भोलि धार्मिक रुपमा, आर्थिक रुपमा, भाषिक रुपमा र सास्कृतिक रुपमा  देशलाई वरिपरि फेरो लाउँदै एकदिन उपनिबेशिक, गुलामी र दास बनाउन सक्ने कुरा उनि अड्कल  गर्छन । अनुभवले खारिएका उनि अहिलेको वर्तमान विश्वमा फैलिएको कोरोनाको बारेमा त्यति आश्वस्त छैनन्, उनि त किटेर नै भन्छन यो शक्ति राष्ट्र अनि मेडिकल कर्पोरेटको ठूलो षडयन्त्र र रहस्य हुन् सक्ने बताउछन ।

    उनि आफ्ना पालामा भएका ठूला ठूला महामारी र संकट स्मरण गर्दै भन्छन कि उबेला औषधि, डाक्टर र हस्पिटल थिएन । ल्याब र परीक्षण प्रविधि थिएन तर अहिले फरक छ, यो तथाकथित अनि बढी हङ्गामा हो, भाइरस होला तर सामान्य मात्र हुन सक्ला, आतंक बनाएको बढी भयो यहाँ अरु देशको अर्थतन्त्र र मानबस्रोत नष्ट पार्दै आफ्नो उकास्ने प्रपन्च हुनसक्ने उनको अन्दाज छ, न आत्तिकन धैर्य भएर, उच्च मनोबलका साथ यसलाई सजिल्यै जित्न सकिने र यो घातक होइन, बिना औषधि र खोप अधिकांश मानिसको हुनु, यसलाई पचाउनुले यो सामान्य हो, मृत्यु भएकाहरु पनि दीर्घ रोगी, कम्जोर, बृद्धअबश्थाका, अरु कडा रोगले सताइएका, मुटुरोगी,  दम, प्रेसर सुगरले चापेका मात्र देखिए ।

    यसमा संसारका मानिसहरुको दिमाग भुट्न सक्ने गहिरो रहस्य, कालोबजारी र कसैको ठूलै स्वार्थ लुकेको हुन सक्ने उनको अन्तरआत्मा बोल्छ । उमेरले पुरानो भएतापनि उनीमा केहि विज्ञान संगततर्क पनि छन् उनि भन्छन कि हाम्रो समयमा खोलानाला सफा थिए, अन्नपात शुद्द अनि ताजा र शक्ति बर्धक थियो, बाहिरबाट आउने तयारी खाना थिएन अनि हाम्रै वरपरका जडिबुटी र पानीले सामान्य रोगहरु निको हुन्थ्यो ।

    अस्पतालको आबश्यक थिएन हामी संग रोगबाट लड्न सक्ने शक्ति धेरै थियो । चार इन्च काट्दा बनमारा मिचेर निको पारिन्थ्यो र ज्वरो आउदा चिराइतोको झोलले काम गर्थ्यो । हाम्रो भान्सामा पाक्ने चौरासी व्यंजन अनि १०८ मसलाले औषधिको काम पुरै गर्थ्यो तर अहिले उल्टो समय छ हामी हरेक कुरामा सफा सुग्घर बन्नु पर्छ,  पानी उमालेर पिउनु पर्छ, हात धोई रहनु पर्छ आफ्नै खेतबारीका ताजा अनि सफा फलफुल अन्न र तरकारी खानु पर्छ, भिडभाडमा जानू हुदैन, झोलिलो पोशिलो खाना खानुपर्छ ।

    कुनै रोगले हम्मेसी छुदैन,लागि हाल्यो भने सजिल्यै पचाउन सकिने उनको गहकिलो र तुकिलोतर्क छ । अहिलेको विज्ञान उनिसँग उल्टो छ तर उनि सहि छन्, उनको नाम छैन, दाम छैन, पहिचान गायब छ किनकि उनि एउटा गरिब, निमुखा अनि सोझासिधा व्यक्ति हुन । उनिसँग केहि बचेको भए त्यहि सत्यता बचेको छ, इमान्दारिता उब्रेको छ र देश प्रेम जीवित नै छ । (लेखक खत्री खोटेहाङ  गाउँपालिका ७, खोटाङबजार वासिन्दा हुन् ।)

    प्रकाशित मिति :भाद्र २२, २०७७ सोमवार - १६:१७:११ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको