खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका कोभिड–१९ को महामारीबाट प्रभावित अति विपन्न तथा लकडाउन अवधिमा सुत्केरी भएका महिलालाई राहत वितरण गरेको छ । गाउँपालिकाले नेपाल कृषि सेवा विकास कार्यक्रमको साझेदारीमा शुक्रवार भौचर प्रणाली मार्फत राहत सामग्री वितरण गरेको हो ।

गाउँपालिकाले वडा नम्बर १ याम्खामा अतिविपन्न ३० र सुत्केरी महिला ३६ जना गरी ६६ जना, वडा नं. २ डाँडागाउँमा अतिविपन्न ३० र सुत्केरी महिला २८ जना गरी ५८ जना, वडा नं. ३ छोरम्बुमा अतिविपन्न ३० र सुत्केरी महिला २४ जना गरी ५४ जना, वडा नं. ५ स.छितापोखरीमा अतिविपन्न ३० र सुत्केरी महिला ३२ जना गरी ६२ जनालाई राहत वितरण गरिएको आइटी अफिसर मणिचन्द्र राईले जानकारी दिए ।
उनका अनुसार उनीहरुलाई २५ केजी चामल, २ केजी दाल, १ लिटर तेल, १ केजी नून र डिटोल साबुन १ पिस वितरण गरिएको हो ।

उनीहरुलाई गाउँपालिका अध्यक्ष भुपेन्द्र राई,प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहाल र सम्बन्धित वडाका जनप्रतिनिधिहरुले प्रदान गरेका हुन् । ७ वडा रहेको गाउँपालिकाले टेम्मा, छितापोखरी र बतासेमा शनिवार वितरण गर्नेे जनाएको छ ।
