शुक्रबार नेपालमा थप ३० जनामा कोरोनाभाइरस संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप ३० जनामा संक्रमण पुष्टि गरेसँगै नेपालमा संक्रमितको कूल संख्या ४८७ पुगेको छ । संक्रमित हुनेहरुमा कपिल वस्तु वाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षिप पुरुष तथा ८ वर्षीय बालिकारहेका छन् ।
त्यस्तै नवलपरासी विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका ६ केसरबाघ चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला रहेका छन् । त्यस्तै नवलपरासी, सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिका ३, १८ निवासी ३३, ३५ वर्षीय पुरुष, १५ वर्षीया किशोरी छन् ।
त्यस्तै सर्लाहीको गोडैता नगरपालिका ८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका ७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुष र १८ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । हालसम्म नेपालमा कोरोनाबाट निको हुनेको संख्या ४९ पुगेको छ भने ३ जनाको मृत्यु भएको छ ।