• ट्रेण्डिङ:

तराईसँग सम्पर्क स्थापित गर्ने सडक स्तरोन्नतीमा गाउँपालिका 

तराईसँग सम्पर्क स्थापित गर्ने सडक स्तरोन्नतीमा गाउँपालिका 

रोदिक खबर

१९, मंसिर २०७७
  • 5.6K
    SHARES
  • तराईसँग सम्पर्क स्थापित गर्ने सडक स्तरोन्नतीमा गाउँपालिका 

    खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकाले तराईसँग सम्पर्क स्थापित गर्ने सडक स्तरोन्नतीको काम सुरु गरेको छ । गाउँपालिकाले उदयपुरको सिमानामा पर्ने सुनकोसीस्थित बंशिलाघाटसम्म पुग्ने चिसापानी–बंशिलाघाट सडक स्तरोन्नतीको काम सुरु गरेको हो ।

    गाउँपालिकाको आन्तरिक श्रोत तथा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत चिसापानीबाट निगालाबास–देविस्थान–फेदी हुँदै वंशिलाघाट पुग्ने सडक स्तरोन्नती सुरु गरिएको गाउँपालिकाका अध्यक्ष शंकर राईले बताए । 
    करिब दशकअघि खोलिएको सडकको ट्र्याकलाई सकेसम्म बा¥हैमास सञ्चालन गर्न मिल्नेगरी बिहिवारदेखि स्तरोन्नती सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

    प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत सडकको जाली हाल्ने, खाल्डाखुल्डी पुर्ने तथा मान्छेले नसक्ने क्षेत्रमा ब्रेकर लगाएर सडक स्तरोन्नती सुरु गरिएको हो ।

    गाउँपालिकामा सञ्चालित विभिन्न योजनाको कन्टीजेन्सीबाट आउने रकम खर्च गर्नेगरी सडक स्तरोन्नतीमा ब्रेकर प्रयोग गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।

    ‘ब्रेकर लगाउन तत्कालका लागि मैले आफ्नै पैसा लगाएको छु । पछि कन्टीजेन्सीको रकमबाट रकम मिलान गर्ने छौँ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘मान्छेले सक्ने ठाउँमा मानवीय मान्छे नै प्रयोग गरेका छौँ । मान्छेले नसक्ने ठाउँमा ब्रेकर लगाएर सडक स्तरोन्नती गरिरहेका छौँ ।’ 

    सडक स्तरोन्नती सुरु भएपछि बिहिबारदेखि मंसिर २५ गतेसम्मका लागि चिसापानीबाट निगालाबास–देविस्थान–फेदी हुँदै वंशिलाघाट पुग्ने सडकमा सवारी साधन आवागनमा रोक लगाइएको छ ।

    गाउँपालिकाले सडक स्तरोन्नतीकाबिचमा चिसापानीबाट मौवाबोटे हुँदै बंशिलाघाट पुग्ने अर्को सडक प्रयोग गर्न आग्रह गरेको छ ।

    जन्तेढुंगाको चिसापानीबाट निगालाबास–देविस्थान–फेदी हुँदै बंशिलाघाटस्थित सुनकोसी तरेर उदयपुरको बेलटार हुँदै पूर्वी तराईका विभिन्न शहरमा पुग्न सकिन्छ ।

    तराईबाट उपभोग्य सामग्री भित्र्याउने छोटो बाटो भएकाले चिसापानी–बंशिलाघाट सडक स्तरोन्नती सुरु गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । 

    प्रकाशित मिति :मंसिर १९, २०७७ शुक्रवार - १८:३२:२४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको