• ट्रेण्डिङ:

सिमपानीको वडा कार्यालयको भवन उद्घाटन

सिमपानीको वडा कार्यालयको भवन उद्घाटन

रोदिक खबर

२३, मंसिर २०७७
  • 4.0K
    SHARES
  • सिमपानीको वडा कार्यालयको भवन उद्घाटन

    खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका–८ सिमपानीको वडा कार्यालयको भवन उद्घाटन गरिएको छ । गाउँपालिकाको ३८ लाख ७६ हजार १०२ रुपैयाँको लागतमा निर्माण गरिएको नवनिर्मित वडा कार्यालयको भवन सोमबार गाउँपालिका अध्यक्ष प्रदीप राईले उद्घाटन गरेका हुन् ।

    गाउँपालिकाका ९ वटै वडामा एकै किसिमका पक्की भवन निर्माण गर्ने अभियान अन्तरगत सिमपानीमा वडा कार्यालयको एक तले पक्की भवन निर्माण गरिएको हो ।

    आर्थिक वर्ष २०७६/०७७ मा भवन निर्माणका लागि ५५ लाख ६५ हजार ९८८ रुपैयाँमा टेण्डर खुलाइएको भए पनि बैठार निर्माण सेवाले ३८ लाख ७६ हजार १०२ रुपैयाँमा भवन निर्माणको काम पुरा गरेको गाउँपालिका अध्यक्ष राईले बताए । 
    वडा कार्यालयको एक तले पक्की भवनमा सभाहल, वडाध्यक्षको कार्यकक्ष, कर्मचारी कक्ष, शौचालय लगायतका संरचना निर्माण गरिएको छ ।

    भवन उद्घाटनकाक्रममा गाउँपालिकाका उपाध्यक्ष कबिता राई, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराई, प्रहरी निरिक्षक सुमित कुसवाह, चिप्रिङका वडाध्यक्ष किरण राई, इन्द्रेणीपोखरीका वडाध्यक्ष देबेन्द्र राई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सिमपानीका वडाध्यक्ष चन्द्रबहादुर थापाको सभापतित्वमा भएको थियो । 
    निर्माण सम्पन्न भइसकेको खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरी र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी वडा कार्यालयको भवन पनि केही समयपछि उद्घाटन गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा खोटेहाङ गाउँपालिका–२ वाप्लुखा, खोटेहाङ गाउँपालिका–३ सावाकटहरे, खोटेहाङ गाउँपालिका–४ बड्कादियाले, खोटेहाङ गाउँपालिका–५ चिप्रिङ, खोटेहाङ गाउँपालिका–७ खोटाङबजार र खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेमा एउटै डिजाईनको भवन निर्माण गरेको थियो ।

    पुरानो भवन वा भाडाको कोठाबाट सञ्चालन भइरहेका वडा कार्यालयको एकै किसिमका नयाँ भवन निर्माणका लागि लागि गाउँपालिकाले ४०/४० लाख बजेट बिनियोजन गरेको थियो । 

    लैंगिक हिंसा विरुद्ध कार्यक्रम 

    खोटेहाङ गाउँपालिकामा लैंगीक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत जनचेतनामुलक कार्यक्रम तथा अन्तरक्रिया गरिएको छ । वडा कार्यालयको भवन उद्घाटनकाक्रममा लैंगिक हिंसा विरुद्ध जनचेतनामुलक कार्यक्रम एबं अन्तरक्रिया गरिएको हो ।

    लैंगिक हिंसा न्यूनीकरणमा टेवा पुर्‍याउने लक्ष्यका साथ वडाभित्रका विद्यालयका प्रअ, महिला स्वास्थ्य स्वयंसेविका, आमा समुह, महिला सञ्जाल, राजनितीकर्मी, कार्यालयका प्रतिनिधि लगायतको सहभागीतामा सचेतनामुलक कार्यक्रम गरिएको हो ।

    कार्यक्रममा गाउँपालिकाका महिला शाखाका सिर्जना भट्टराई र न्यायिक समितिका सदस्य सचिव रोशन पौडेलले सहजीकरण गरेका थिए । 

    प्रकाशित मिति :मंसिर २३, २०७७ मंगलवार - ०८:३८:४९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको