बिहिवार, कार्तिक १३ गते २०८३

फोक्सिङटारमा अस्थायी बेलिब्रिज सञ्चालनमा 

फोक्सिङटारमा अस्थायी बेलिब्रिज सञ्चालनमा 

रोदिक खबर

२८, मंसिर २०७७
  • 6.7K
    SHARES
  • फोक्सिङटारमा अस्थायी बेलिब्रिज सञ्चालनमा 


    खोटाङ । खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज सञ्चालनमा ल्याइएको छ । खोटाङलाई पूर्वी शहरसँग जोड्ने दिक्तेल–गाईघाट सगरमाथा राजमार्ग अन्तरगत खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज सञ्चालनमा ल्याइएको हो ।

    गाईघाट–दिक्तेल सडक आयोजनाको करिब ८४ लाखमा रेग्मी निर्माण सेवा गाईघाटले गत मंसिर ५ गतेदेखि जडान सुरु गरेको अस्थायी बेलिव्रिज आइतबारदेखि सञ्चालनमा ल्याइएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर (डिई) गोपाल खकुरेलले बताए । 

    हिउँदभरी सञ्चालन गर्ने र वर्षामा झिक्नेगरी फोक्सिङटारमा करिब ५० मिटर लम्बाई भएको अस्थायी बेलिब्रिज जडान गरिएको हो ।

    १०१ किलोमिटर लामो गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङटारमा बेलिब्रिज सञ्चालनमा आएसँगै दिक्तेलबाट सिधै गाईघाट हुँदै धरान, बिराटनगर लगायतका शहर जाने दोश्रो र छोटो बाटो खुलेको छ ।

    फोक्सिङटारमा निर्माणाधिन पक्की आर्क डिजाईनको पुलको काममा ठेकेदारको चरम ढिलासुस्ती भएपछि सो स्थानमा विगत ५ वर्षदेखि बेलिब्रिज राख्ने गरिएको छ । 

    प्रकाशित मिति :मंसिर २८, २०७७ आइतवार - २३:५०:१० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको