खोटाङ । गोर्खा डिपार्टमेन्ट इटहरीका प्रवन्धक बलराम आचार्यलाई खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पास्थित अन्नपूर्ण मावि बुवालुङले अभिनन्दन गरेको छ ।
दोर्पाको लामीडाँडामा जन्मिएर पूर्वकै चर्चित गोर्खा डिपार्टमेन्ट सञ्चालन गरिरहेका आचार्यलाई विद्यालयले पूर्वविद्यार्थी एबं राष्ट्रिय स्तरका सफल व्यवसायीका रुपमा अभिनन्दन गरेको हो ।
अन्नपूर्ण माविमा प्रारम्भिक शिक्षा हासिल गरि कृषि तथा व्यापारका क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सफलता प्राप्त गर्दै प्रदेश नम्बर १ कै सफल व्यवसायीका रुपमा पहिचान बनाएका आचार्यलाई सम्मान स्वरुप अभिनन्दन गरिएको अन्नपूर्ण माविका व्यवस्थापन समितिका अध्यक्ष जेपी राईले बताए ।
व्यवसायी आचार्यलाई विव्यास अध्यक्ष राई र प्रअ रेखादेवी बस्नेत राउतले दोसल्ला ओढाएर अभिनन्दन–पत्र प्रदान गरेका छन् । सोही कार्यक्रममा भूपु विद्यार्थी संघ अन्नपूर्ण माविले पनि व्यवसायी आचार्यलाई सम्मान गरेको छ ।
दोर्पाको लामीडाँडामा जन्मिएर राष्ट्रिय उद्यमीको सूचीमा नाम दर्ज गर्दै आफ्नो गाउँ–ठाउँ तथा जिल्लाकै नाम उच्च राख्न सफल भएकामा भूपु विद्यार्थी संघले आचार्यलाई सम्मान गरेको हो । युवाको प्रेरणाको श्रोत बन्न सफल बनेको भन्दै व्यवसायी आचार्यलाई भूपु विद्यार्थी संघ अन्नपूर्ण माविका अध्यक्ष मनी राईले आचार्यलाई दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरेका छन् ।
कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष, विव्यास सदस्य, समाजसेवी, अभिभावक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उद्यमी आचार्यलाई पासाङ ल्हामु बहुमुखी कृषि फर्मको सम्मान–पत्र पनि प्रदान गरिएको छ ।
२०७५ साल असोज ७ गते आयोजित सम्मान कार्यक्रममा अनुपस्थित भएका आचार्यलाई अभिनन्दन कार्यक्रमको अवशरमा दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरिएको हो ।
कृषि फर्मले वडाको पहिलो पाइलट, पहिलो क्याम्पस प्रमुख, पहिलो डाक्टर, पहिलो प्रहरी निरीक्षक, पहिलो मेजर, पहिलो उपसचिव, पहिलो पत्रकार लगायतलाई सम्मान गर्दा आचार्यलाई पहिलो राष्ट्रिय स्तरका व्यवसायीका रुपमा सम्मान कार्यक्रम राखेको थियो ।