• ट्रेण्डिङ:

मालपोतका तीन अधिकृतविरुद्ध ७ करोडको भ्रष्टाचार मुद्दा

मालपोतका तीन अधिकृतविरुद्ध ७ करोडको भ्रष्टाचार मुद्दा

रोदिक खबर

३०, मंसिर २०७७
  • 10.5K
    SHARES
  • मालपोतका तीन अधिकृतविरुद्ध ७ करोडको भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चितवन भरतपुरका लेखाका तीन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले तीन अधिकृतविरुद्ध ७ करोड रुपैयाँभन्दा धेरै रकम भ्रष्टाचार गरेको भन्दै सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

    तत्कालीन लेखा अधिकृत रिठ्ठे दर्जी, मनोजकुमार निरौला र बलराम सापकोटाविरुद्ध राजस्व चुहावट एवं हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको हो ।

    अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा मालपोत कार्यालय भरतपुरका तत्कालीन नायब सुब्बा मनोजकुमार निरौलाविरुद्ध ४ लाख ७१ हजार ६ सय ११ रुपैयाँ बिगो दाबी गदै भ्रष्टाचार मुद्दा दर्ता भएको छ । उनले मालपोतका विभिन्न फाँटबाट नगद रसिद काटेर संकलन भएको सो रकम लेखा शाखामा नबुझाई हिनामिना गरेको प्रमाणित भएपछि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

    त्यस्तै आयोगले मालपोत कार्यालय भरतपुर चितवनमा कार्यरत लेखापाल बलराम सापकोटाले बैंकमा दाखिला गर्नुपर्ने राजस्व रकम ५८ लाख ४३ हजार ८ सय ६ रुपैयाँ ७५ पैसा हिनामिना गरेको देखिएपछि सोहीबराबरको बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

    प्रकाशित मिति :मंसिर ३०, २०७७ मंगलवार - ०७:३१:४१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको