खोटाङ । नेपाल वौद्ध महायान केन्द्र गोन्पाले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका स्थानीयलाई खाद्यान्न वितरण गरेको छ । कोभिड–१९ को महामारीमा परेका स्थानीयलाई लक्षित गर्दै नेपाल वौद्ध महायान केन्द्रले डिकुवाका ४३० परिवारलाई चामल, तेल र नुन प्रदान गरेको हो ।
केन्द्रले बिहिबार डिकुवामै पुगेर प्रतिपरिवार ३० केजी एप्पल चामल, दुई पोका तेल र एक पोका आयोडिन नुन वितरण गरेको छ । खाद्यान्न गुम्बा विकास समितिका अध्यक्ष जिकडोल लामा, नगरप्रमुख इवन राई र उपप्रमुख बिमला राईले स्थानीयलाई चामल, नुन र तेल हस्तान्तरण गरेका थिए ।
कपन गुम्बाका प्रमुख जोपा लामाको सहयोगमा नेपाल वौद्ध महायान केन्द्र गोन्पाले स्थानीयलाई खाद्यान्न वितरण गरेको जनाइएको छ । प्राप्त भएको खाद्यान्न कर्मचारी र जनप्रतिनिधि भएका घर बाहेक अन्य परिवारलाई मात्र वितरण गरिएको हो ।
नेपाल वौद्ध महायान केन्द्रले शुक्रबार हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका ५७० घर परिवारलाई खाद्यान्न वितरण गर्ने नगरप्रमुख राईले बताए ।