शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको लेखाको ठहर, थप छानबिन गर्न अख्तियार पठाइने

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको लेखाको ठहर, थप छानबिन गर्न अख्तियार पठाइने

रोदिक खबर

३, पौष २०७७
  • 1.9K
    SHARES
  • स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको लेखाको ठहर, थप छानबिन गर्न अख्तियार पठाइने

    काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको निष्कर्ष निकालेको छ । लेखा समितिले थप छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने निर्णय गरेको छ ।

    स्वास्थ्य सेवा विभागले कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा उपचारका लागि चाहिने औषधि तथा स्वास्थ्य सामग्री खरिद गर्न १२ चैत २०७६ मा ओम्नी बिजेनस कर्पोरेट इन्टरनेसनल (ओम्नी समूह) सँग सम्झौता गरेको थियो ।

    सम्झौता अनुसार ओम्नी समूहले १६ गते पहिलो लटमा सामान पनि ल्याएको थियो, तर महँगोमा सामान खरिद भएको भनेर विरोध हुनुका साथै थप सामग्री ल्याउन नसकेपछि १९ चैतमा सम्झौता रद्द भयो ।

    लेखा समितिले गरेको अध्ययनमा भने खरिद प्रक्रिया नियमसंगत नभएको पाइएको छ ।

    मन्त्रालयबाट कागजपत्र मगाएर गरेको अध्ययनमा कानुनी अधिकार नै नभएका विज्ञ सल्लाहकार डा. खेम कार्कीको नेतृत्वको वार्ता टोली बनाएर डिल गरेको र त्यसलाई स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अनुमोदन गरेपछि मात्र स्वास्थ्य सेवा विभागले ओम्नी समूहसँग सम्झौता गरेको पाइएको छ ।

    प्रकाशित मिति :पौष ३, २०७७ शुक्रवार - २१:०५:३० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको