शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

प्रदेश स्तरीय युवा क्लव सञ्जालको अध्यक्षमा ढकाल

प्रदेश स्तरीय युवा क्लव सञ्जालको अध्यक्षमा ढकाल

रोदिक खबर

४, पौष २०७७
  • 4.1K
    SHARES
  • प्रदेश स्तरीय युवा क्लव सञ्जालको अध्यक्षमा ढकाल

    खोटाङ । प्रदेश स्तरीय युबा क्लब सञ्जालको अध्यक्षमा खोटाङका घनश्याम ढकाल चुनिएका छन् । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद संघीय युवा क्लव सञ्जालको निर्णय अनुसार ढकाल प्रदेश युवा क्लव सञ्जालको अध्यक्षमा चुनिएका हुन् ।

    प्रदेश युवा क्लव सञ्जाललाई पूर्णता दिँदै क्रियासिल बनाउनुपर्ने निर्देशन अनुसार ढकालको अध्यक्षतामा ११ सदस्यीय प्रदेश नम्बर १ स्तरिय युवा क्लव सञ्जाल गठन गरिएको हो ।

    सञ्जालको उपाध्यक्षमा ओखलढुंगाका टुकादेबी दाहाल (सीमा), सचिवमा धनकुटाका युवा तिमल्सिना, सह–सचिवमा संखुवासभाका संजय ओझा र कोषाध्यक्षमा मोरङको सञ्जु सापकोटा चयन भएका छन् । यस्तै, सदस्यहरुमा अनुसा खत्री भोजपुर, प्रनोसा खड्का उदयपुर, अस्मिता निरौला धनकुटा, विदिशा आचार्य इलाम,सविना दाहाल तेह्रथुम र सुशान्त चापागाई इलाम रहेका छन् ।


    १० बर्षको उमेरदेखि वाल क्लबको सदस्य, अध्यक्ष हुँदै हाल विद्यार्थी राजनीतिमा क्रियाशिल ढकाल प्रदेश युवा क्लव सञ्जालको अध्यक्ष बन्न सफल भएका हुन् । आफ्नो जिल्ला भित्र तथा बाहिर पनि वालवालिका विद्यार्थी तथा युवाको क्षेत्रमा निरन्तर लागेका ढकाल विगत १० बर्ष देखि सामाजिक सेवामा लागि रहेका छन् ।

    प्रकाशित मिति :पौष ४, २०७७ शनिवार - १७:१५:१४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको