• ट्रेण्डिङ:

आप्रवासी कामदारको सम्मानमा खोटाङका चार पालिकामा दिप प्रज्वलन 

आप्रवासी कामदारको सम्मानमा खोटाङका चार पालिकामा दिप प्रज्वलन 

रोदिक खबर

४, पौष २०७७
  • 7.2K
    SHARES
  • आप्रवासी कामदारको सम्मानमा खोटाङका चार पालिकामा दिप प्रज्वलन 

    खोटाङ । आप्रवासी कामदारको योगदान र त्यागको सम्मानमा खोटाङमा दिप प्रज्वलन गरिएको छ । रोजगारीका सिलसिलामा विश्वका विभिन्न देशमा पुगेर रेमिट्यान्स भित्र्याउँदै देशको अर्थतन्त्र मजुवद बनाउन पुर्‍याएको योगदान र त्यागको सम्मानमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, खोटेहाङ गाउँपालिका र केपिलासगढी गाउँपालिकामा शुक्रबार साँझ एकैसाथ दिप प्रज्वलन गरिएको हो ।

    ‘अन्र्तराष्ट्रिय आप्रवासी कामदार दिवस डिसेम्बर १८’ को अवशर पारेर आप्रवासी कामदारको सम्झनामा सामुहिक दिप प्रज्वलन गरिएको सुरक्षित आप्रवासन परियोजना (सामी)का कार्यक्रम संयोजक ओजोनबाबु आचार्यले बताए । 

    अन्र्तराष्ट्रिय आप्रवासी कामदार दिवस डिसेम्बर १८’ लेखिएको जमिनमा परियोजनामा सम्वद्ध प्रतिनिधि एबं स्थानीयले आप्रबासी कामदारको सम्मान एबं वैदेसिक रोजगारीका सिलसिलामा ज्यान गुमाएका कामदारको सम्झनामा दिप प्रज्वलन गरेका छन् ।

    सम्वन्धित स्थानीय सरकारको नेतृत्वमा बालसेवा समाजले सञ्चालन गरिरहेको सुरक्षित आप्रवासन परियोजनाको आयोजनामा आप्रवासी कामदारलाई सम्झना गरिएको हो । आप्रवासी कामदारका परिवारसँग ‘विप्रेषणको सदुपयोग र व्यवस्थापनमा परिवारको भूमिका तथा स्थानिय सरकारको दायित्व’ का विषयमा छलफल गरेपछि साँझमा सामुहिक दिप प्रज्वलन गरिएको हो । 

    मनाइयो अन्तर्राष्ट्रिय कामदार दिवस 


    खोटाङमा वैदेसिक रोजगारीमा संलग्न आप्रवासी कामदारका परिवारसँग छलफल र अन्तरक्रीया गर्दै अन्तर्राष्ट्रिय कामदार दिवस मनाइएको छ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आप्रवासीका परिवारसँग स्थानिय सरकार, रेमिट्यान्सको सदुपयोग र व्यवस्थापन सम्बन्धी छलफल एवं अनुगमन गरी दिवस मनाइएको हो ।

    di.jpg

    बालसेवा समाज नेपालको आयोजना, क्रिस्चियन एड र मानव अधिकार आयोगसँगको सहकार्यमा विविध कार्यक्रम गर्दै दिवस मनाइएको हो । 

    बुइपामा आयोजित कार्यक्रममा बालसेवा समाज नेपाल अन्तर्गत सञ्चालित क्रिस्चियनएडका कार्यक्रम, सामी परियोजना अन्तर्गत सञ्चालित कार्यक्रम, रेमिट्यान्स सदुपयोगमा परियोजनाले संचालन गरेका प्रयास, वैदेशिक रोजगारको वर्तमान स्थिति र कोभिड–१९ का कारण वैदेशिक रोजगारमा परेको प्रभावका बारेमा प्रस्तुती गर्दै अन्तरक्रिया गरिएको थियो ।

    बुईपामा आयोजित कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, वडाध्यक्ष दिनेश राई लगायतको उपस्थिति रहेको थियो । 

    प्रकाशित मिति :पौष ४, २०७७ शनिवार - १७:२५:४६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको