शुक्रवार, भाद्र २६ गते २०८३

संसद विघटनपछि सातजना मन्त्रीले दिए सामूहिक राजीनामा

संसद विघटनपछि सातजना मन्त्रीले दिए सामूहिक राजीनामा

रोदिक खबर

५, पौष २०७७
  • 3.0K
    SHARES
  • संसद विघटनपछि सातजना मन्त्रीले दिए सामूहिक राजीनामा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको संसद विघटन गर्ने सिफारिस राष्ट्रपतिद्वारा स्वीकृत भएपछि मन्त्रिमण्डलका ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।

    प्रधानमन्त्री ओलीको मन्त्रिमण्डलमा रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर मन्त्रीहरूले राजीनामा दिएका हुन् ।

    राजीनामा दिने मन्त्रीहरूमा योगेश भट्टराई, गिरिराजमणि पोखरेल, वर्षमान पुन, घनश्याम भुसाल, बीना मगर, शक्तिबहादुर बस्नेत, रामेश्वर राय यादव रहेका छन् ।

    राजीनामा दिने मन्त्रीहरुले प्रधानमन्त्री ओलीको यो कदम अलोकतान्त्रिक, गैरसंवैधानिक, जनादेशविपरीत तथा राजनीतिक मूल्य र स्थिरताको प्रतिकूल भएको भन्दै यसप्रति गम्भीर असहमति जनाउँदै राजीनामा दिएको उल्लेख गरेका छन् ।

    उनीहरुले सिंहदरबारस्थित विकास समितिको हलमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिएका हुन्।

    प्रकाशित मिति :पौष ५, २०७७ आइतवार - १९:३०:४२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको