• ट्रेण्डिङ:

मोटरसाईकल दुर्घटनामा मालपोतका नायव सुव्वा राईको मृत्यु 

मोटरसाईकल दुर्घटनामा मालपोतका नायव सुव्वा राईको मृत्यु 

रोदिक खबर

८, पौष २०७७
  • 12.7K
    SHARES
  • मोटरसाईकल दुर्घटनामा मालपोतका  नायव सुव्वा  राईको मृत्यु 

    खोटाङ । मोटरसाईकल दुर्घटनामा मालपोत कार्यालय खोटाङमा कार्यरत नायव सुव्वा हरिलाल राईको मृत्यु भएको छ । बुधबार साँझ लाहानमा काठ्माण्डौंबाट पूर्वतर्फ जाँदै गरेको बसको ठक्करबाट नासु राईको मृत्यु भएको हो ।

    बसको ठक्करबाट राईसँगै यात्रा गरिरहेका अर्का एक जना घाईते भएको बताइएको छ । कामका सिलसिलामा उदयपुरको गाईघाट हुँदै लहान पुगेको बेला नासु राई दुर्घटनामा परेका हुन् । 

    नेपाल निजामती कर्मचारी संगठनका सदस्य रहेका राईको मृत्युमा नेपाल निजामती कर्मचारी संगठन खोटाङका अध्यक्ष मोहन भट्टराईले दुःख व्यक्त गरेका छन् । नासु राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले निवासी हुन् । 

    प्रकाशित मिति :पौष ८, २०७७ बुधवार - २०:५४:२७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको