शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

संखुवासभामा नेपाल प्रहरी र विप्लव समूह बीच गोली हानाहान

संखुवासभामा नेपाल प्रहरी र विप्लव समूह बीच गोली हानाहान

रोदिक खबर

१२, पौष २०७७
  • 3.8K
    SHARES
  • संखुवासभामा नेपाल प्रहरी र  विप्लव समूह  बीच गोली हानाहान

    संखुवासभामा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ ।

    विशेष सुराकीका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली चैनपुर–४, मैदानेमा पुगेपछि समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर खोलेका थिए । त्यसपछि प्रहरीले जवाफी फायरिङ गरेको हो ।

    विप्लव समूहका कार्यकर्ताले ५ राउण्ड फायरिङ गरेका थिए भने प्रहरीले दर्जन बढी गोली चलाएको स्रोतले  बतायो ।

    प्रहरी स्रोतका अनुसार विप्लव समूहका जिल्ला इञ्चार्ज उत्तरकुमार भनिने युवराज राईसहितका व्यक्ति मैदानेको एक घरमा लुकेर बसेको भन्ने सूचना पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको थियो ।

    सुरुमा सादा पोशाकका प्रहरीको टोली घरतिर पुगेको थियो तर, राईसहितका व्यक्ति घर पछाडिको जंगलमा लुकेको पाइएको थियो ।

    प्रहरी टोली घरमा छिर्ने बित्तिकै बाहिरबाट समूहका कार्यकर्ताले गोली चलाएको स्रोतको भनाइ छ । त्यसपछि थप मद्दतका लागि गएको प्रहरी टोलीले जवाफी फायरिङ गरेको हो ।

    गोली चलाउँदै समूहका नेतासहित ३ जना जंगलतिर भागेका छन् भने घरबाट विष्फोटक पदार्थ डेटोरनेटर, नियोजेल, महत्वपूर्ण दस्तावेज, मोबाइल फोन लगायत बरामद भएका छन् ।

    मैदानेमा केही महिना अघिबाटै विप्लव समूहका नेता, कार्यकर्ता देखिएने गरेका थिए । यसअघि त्यही आसपासकै क्षेत्रमा पनि प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको थियो ।

    प्रकाशित मिति :पौष १२, २०७७ आइतवार - १९:२२:४४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको