शुक्रवार, भाद्र २६ गते २०८३

काठमाडौंको नागढुं‌गाबाट स्रोत नखुलेको ३७ लाख नगदसहित एकजना पक्राउ

काठमाडौंको नागढुं‌गाबाट स्रोत नखुलेको ३७ लाख नगदसहित एकजना पक्राउ

रोदिक खबर

२७, पौष २०७७
  • 4.7K
    SHARES
  • काठमाडौंको नागढुं‌गाबाट स्रोत नखुलेको ३७ लाख नगदसहित एकजना पक्राउ

    काठमाडौं । काठमाडौंको नागढुं‌गाबाट स्रोत नखुलेको रकमसहित एकजना पक्राउ परेका छन् । चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ९१३९ नम्बरको हाइस गाडी चेकजाँच गर्ने क्रममा चितवनको माडी नगरपालिका-६ का रामकुमार गुरुङ ३७ लाख नगदसहित हुन् ।

    उनले बोकेको झोलाबाट स्रोत नखुलेको नगद ३७ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । उनको साथबाट ७ लाख ११ हजार रुपैयाँ लेखिएको ग्लोबल आईएमई बैंकको १ थान चेक र हस्ताक्षर भएको तर नगद उल्लेख नभएको १ थान चेक समेत बरामद भएको प्रहरीले जनाएको छ ।

     गुरुङलाई नियन्त्रणमा लिएर बरामद भएको रकम र चेकका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले सोमबार बिहान चेकजाँच गर्ने क्रममा उनी पक्राउ परेका हुन् । 

    प्रकाशित मिति :पौष २७, २०७७ सोमवार - १७:३१:२८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको