शुक्रवार, भाद्र २६ गते २०८३

अनमी राईले चढाईन् हलेसीमा एक तोला चार आनाको सुनको सिक्री 

अनमी राईले चढाईन् हलेसीमा एक तोला चार आनाको सुनको सिक्री 

रोदिक खबर

२७, पौष २०७७
  • 10.0K
    SHARES
  • अनमी राईले चढाईन् हलेसीमा एक तोला चार आनाको सुनको सिक्री 

    खोटाङ । उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेकी प्रभा राईले खोटाङको हलेसीमा एक तोला चार लालको सुनको सिक्री चढाएकी छन् । आफ्नो भाकल पुरा भएको भन्दै प्रभाले सोमबार हलेसी मन्दिरमा सुनको सिक्री चढाएकी हुन् ।

    ‘लोकसेवा पास गरे हलेसीमा सुन चढाउने’ भाकल गरेकी राईले दर्शन गर्दै सुन चढाएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए ।

    प्रभा उदयपुरकै त्रियुगा नगरपालिका–१४ साउनेस्थित स्वास्थ्य चौकीमा अनमीका रुपमा कार्यरत छिन् । प्रभाले बालाचतुर्दशी, रामनवमी, हरिवोधनी, एकादशी जस्ता कुनै अवशर पारेर महादेवलाई पहिराइदिन भन्दै हलेसी महादेव मन्दिर व्यवस्थापन समितिलाई सुन हस्तान्तरण गरेकी छन् ।

    सुनको सिक्री हलेसी महादेवस्थान विकास समितिका प्रतिनिधि सर्वधन बस्नेत, हलेसी गुफाका पुजारी गोपाल गिरी र हलेसी महादेव मन्दिर व्यवस्थापन समितिका प्रतिनिधि हर्कराज राईले कागज गरेर बुझेका छन् । सरकारी जागीरमा प्रवेश गरेको ६ वर्षपछि प्रभा भाकल पुरा गर्न हलेसी आइपुगेकी हुन् ।

    दर्शनार्थीले चढाएका सुन चाँदीका गरगहना शिवजी तथा पार्वतीलाई चाडबाड विशेषमा पहि¥याउनमा प्रयोग गरिने नगरप्रमुख राईले बताए । 

    समितिलाई उपलव्ध गराइएको कागजमा अनमी प्रभाले लिखिरुपमा दुबै मिर्गौला फेल भएकी आफ्नो आमाको स्वास्थ्य लाभको कामना गरेकी छन् । सरकारी जागीर पाउनका लागि उनले बहिनीको नाममा पनि लिखित भाकल गरेकी छन् । 

     

    प्रकाशित मिति :पौष २७, २०७७ सोमवार - २२:४८:४० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको