• ट्रेण्डिङ:

जिल्ला अदालतका खरिदार ढकाल कोठामै मृत फेला 

जिल्ला अदालतका खरिदार ढकाल कोठामै मृत फेला 

रोदिक खबर

१, माघ २०७७
  • 7.7K
    SHARES
  • जिल्ला अदालतका खरिदार  ढकाल कोठामै मृत फेला 


    खोटाङ ।  जिल्ला अदालत खोटाङमा कार्यरत खरिदार ३६ वर्षीय कमलदिप ढकाल कोठामै मृत फेला पर्नु भएको छ । सुर्खेतको विरेन्द्रनगर नगरपालिका–११ स्थायी घर भएका खरिदार ढकाल विहिवार विहान आफ्नै कोठामा मृत फेला परेका हुन् । विहान अवेरसम्म नउठेपछि घरबेटीले बोलाउँदा भित्रवाट चुकुल लगाएको अवस्थामा ढकाल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सागर साहले बताए । 

    बेलुकाको खाना खाएर सकुशल सुतेका ढकालको शव कोठामै घोप्टिएको अवस्थामा फेला परेको हो । जिल्ला न्यायधीश मातृकाप्रसाद आचार्य, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, प्रहरी नायव उपरिक्षक नारायणप्रसाद चिमरिया लगायतको उपस्थितिमा चुकुल तोडेर ढकालको कोठाको ढोका खोलिएको थियो ।

    करिब दुई वर्ष अघिदेखि जिल्ला अदालतमा कार्यरत ढकाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा कोठा भाडामा लिएर बसिरहेका थिए । 
    नासुको तयारी गरिरहेका ढकालको छेउमा लोकसेवा आयोगका तयारी पुस्तकहरु खुला छाडिएको पाइएको छ । उहाँको मृत्युको कारण पोष्टमार्ट गरेपछि खुल्ने प्रहरी निरीक्षक साहले बताए । आफन्त आइपुगेपछि शवलाई उठाउने तयारी गरिएको प्रहरीले जनाएको छ । ‘बिहान अवेरसम्म नउठेपछि घरबेटीले बोलाएछन् तर बोलेन छन् ।

    भित्रबाट चुकुल लगाएको देखिएपछि प्रहरीलाई खबर आएको थियो,’ प्रहरी निरीक्षक साहले  भने, ‘शव घोप्टो परेको अवस्थामा फेला परेको छ । मृत्युको कारण पोष्टमार्टम पछि खुल्छ । अहिले अनुसन्धान भइरहेको छ ।’ 

    प्रकाशित मिति :माघ १, २०७७ बिहिवार - १४:३१:२७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको