शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

बाक्लो हुस्सुका कारण आन्तरिकतर्फका सबै उडान प्रभावित

बाक्लो हुस्सुका कारण आन्तरिकतर्फका सबै उडान प्रभावित

रोदिक खबर

२, माघ २०७७
  • 3.1K
    SHARES
  • बाक्लो हुस्सुका कारण आन्तरिकतर्फका सबै उडान प्रभावित

    काठमाण्डौ । बाक्लो हुस्सु र कुहिरोका कारण आन्तरिकतर्फका सबै उडान प्रभावित भएको छ ।त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयकाअनुसार विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज, धनगढीलगायत आन्तरिकतर्फका सबै उडान प्रभावित भएका छन् । 

    बाक्लो हुस्सुले आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रहेको विमानस्थल कार्यालयले जनाएको छ । कुहिरो हटेपछि उडान खुलाइने छ ।

    मौसमविद्ले अहिले देशका धेरै ठाउँमा बाक्लो हुस्सु र कुहिरो लागेको बताएका छन् । अबको तीन दिनसम्मकै मौसम यस्तै रहने पूर्वानुमान गरिएको छ । 

     

    प्रकाशित मिति :माघ २, २०७७ शुक्रवार - ०८:१५:३६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको