शुक्रवार, भाद्र २६ गते २०८३

माघ १६ र १७ गते खोटाङका १० वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक हुुँदै

माघ १६ र १७ गते खोटाङका १० वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक हुुँदै

रोदिक खबर

४, माघ २०७७
  • 5.8K
    SHARES
  • माघ १६ र १७ गते खोटाङका १० वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक हुुँदै

    प्रतिनिधि सभाको आगामी निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्न खोटाङका १० वटै स्थानीय तहमा माघ १६ र १७ गते मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरिने भएको छ । 

    आगामी वैशाख १७ गते पहिलो र २७ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका लागि  जिल्ला निर्वाचन कार्यालय खोटाङले माघ १६ र १७ गते जिल्लाका सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

    जिल्ला निर्वाचन कार्यालय खोटाङले आइतवार दिक्तेलमा मतदाता नामावली अद्यावधिक तथा दावी विरोध सम्बन्धी सरोकारवालाहरुसंग एक दिने अन्तरक्रिया कार्यक्रम गरि जानकारी दिएको हो ।

    जिल्ला निर्वाचन कार्यालय खोटाङकी जिल्ला निर्वाचन अधिकारी कोपिला राईका अनुसार मतदाता नामावलीमा मतदाताले आफ्नो नाम विवरण हेर्न एवम् अद्यावधिक गर्न, मतदाता नामावलीमा भएका दोहोरोपन एवम् त्रुटि हटाउन, मतदाता नामावली ऐन, २०७३ ले व्यवस्था गरेका कार्यहरु सम्पन्न गरी हालसम्म सञ्चालित मतदाता नामावलीलाई वैधानिकता प्रदान गर्न, वैशाख १७ र २७ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि अद्यावधिक मतदाता नामावली तयार गर्ने लगायतका काम गरिनेछ ।

    nn.jpg
    मतदाता नामावलीमा नाम दर्ता भई पुस ५ गतेसम्म १८ वर्ष उमेर पूरा भएको व्यक्ति मात्र आगामी निर्वाचनमा मतदाता हुन सक्ने छन् ।
    निर्वाचन कार्यालयले उक्त कार्यक्रम सञ्चालनको अवधिभित्र सम्बन्धित स्थानीय तहको केन्द्रमा गई मतदाता नामावलीमा समावेश भएको आफ्नो विवरणमा रहेको त्रुटि सच्याउन निवेदन दिन तथा मृत्यु भएका वा बसाइँ सरी गएका वा दोहोरो नाम रहेका मतदाताको नाम हटाउन, झुटो विवरण दिई कसैले मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरुद्ध उजूरी दिन सम्पूर्ण मतदातासँग अनुरोध गरेको छ ।

    निर्वाचन कार्यालयले सबै स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा सम्पूर्ण सरोकारवाला पक्षलाई मतदाता नामावली अद्यावधिक कार्यक्रममा आवश्यक सहयोग गर्न आग्रह पनि गरेको छ ।

     

    प्रकाशित मिति :माघ ४, २०७७ आइतवार - १८:११:५८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको