• ट्रेण्डिङ:

सोलुखुम्बुको महादेव भीरमा ट्रीपर दुुर्घटना हुँदा तीन जनाको मृत्यु, एक गम्भीर घाइते

सोलुखुम्बुको महादेव भीरमा ट्रीपर दुुर्घटना हुँदा तीन जनाको मृत्यु, एक गम्भीर घाइते

रोदिक खबर

५, माघ २०७७
  • 6.6K
    SHARES
  • सोलुखुम्बुको महादेव भीरमा ट्रीपर दुुर्घटना हुँदा तीन जनाको मृत्यु, एक गम्भीर घाइते

    सोलुखुम्ब । सोलुखुम्बुको महादेव भीरमा भएको दुुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । सोलुदुधकुण्ड नगरपालिका–११ तिङला बरडाँडा र नेचासल्यान गाउँपालिकाको सिमानामापर्ने महादेव भिरमा  गएराती ११:३० बजे  बा ४ ख  ७९८० नम्बरको  ट्रीपर  दुर्घटना हुँदा धादिङ घर भएका ३३ बर्षिय चालक कमल मगर, हेटौडाका अन्दाजी ३३ बर्षका रामकुमार मगर र सप्तरीका १९ बर्षिय कृष्ण चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    हेटौडाका २३ बर्षिय रमेश मगर गम्भिर घाइते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु लगिएको छ । ट्रीपर महादेव भिरबाट करिब ३ सय मिटर तल खसेको जिल्ला अस्पताल फाप्लु पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी सहायक निरीक्षक कृष्णकुमार कट्वालले जानकारी दिए ।

    दुर्घटनाग्रस्त आइचर दुधकोशी सोलुखोला (८६ मेगावाट) जलविद्युत आयोजनाको निर्माणमा प्रयोगमा रहेको खुल्न आएको छ ।सोलु जलविद्युत आयोजना (२३.५ मेगावाट)मा निर्माण प्रयोग भएका सामाग्री निमाणाधिन (८६ मेगावाट) दुधकोशी सोलु खोला जलविद्युत आयोजनामा लैजाने क्रममा महादेव भिरमा दुुर्घटना भएको प्रहरीले जनाएको छ ।

    ८६ मेगावाटसम्म सामाग्री ढुवानीका लागि तिङलाबाटै पन्चन निस्कन मिल्ने सहज मार्ग भएपनि सल्यानतर्फ किन लागे भन्ने कारण भने खुल्न सकेको छैन् । दुर्घटना परी मृत्यु भएकाको शव परिक्षणका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :माघ ५, २०७७ सोमवार - ०७:२७:१० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको