शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

सुपर खोटाङ–भोजपुर यातायात प्रालिद्वारा दिक्तेल–काठमाडौं फोटन माईक्रो भ्यान सेवा शुरु

सुपर खोटाङ–भोजपुर यातायात प्रालिद्वारा दिक्तेल–काठमाडौं फोटन माईक्रो भ्यान सेवा शुरु

रोदिक खबर

६, माघ २०७७
  • 8.6K
    SHARES
  • सुपर खोटाङ–भोजपुर यातायात प्रालिद्वारा दिक्तेल–काठमाडौं फोटन माईक्रो भ्यान  सेवा शुरु

    खोटाङ । सुपर खोटाङ–भोजपुर यातायात प्रालिले दिक्तेल–काठमाडौं फोटन माइक्रो भ्यान सेवा  शुरु गरेको छ । प्रालिले मंगलवार दिक्तेलको होटल शुभदिनमा औपचारिक रुपमा कार्यक्रमपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले रिवन काटेर उद्घाटन गरेसंगै दिक्तेल–काडमाण्डौं फोटन माईक्रो भ्यान सेवा शुरु गरेको प्रालिका अध्यक्ष आइतलक्ष्मी राईले जानकारी दिइन् । 

    ‘सर्वसाधारणलाई सस्तो, सुलभ र भरपर्दो यातायात सेवा दिन खोटाङमा पहिलो पटक १९ सिटर क्षमताको सुपर फोटन माईक्रो  भ्यान यातायात सेवा सञ्चालनमा ल्याएका छौं,’ प्रालिका अध्यक्ष राईले भनिन्, पहिलो चरणमा फुडन कम्पनीका १० वटा सुपर फोटन माईक्रो भ्यान सेवा शुरु गर्दैछौं ।’

    y.jpg

    ‘यात्रुलाई सर्वसुलभ सुरक्षित सेवा दिनैका लागि सुपर खोटाङ–भोजपुर यातायात प्रालि दर्ता गरेका हौं,’ अध्यक्ष राईले भनिन्, ‘स्वच्छ प्रतिस्पर्धालाई आत्मसात गर्दै आम यात्रुलाई गुणस्तरीय सेवा दिन हामी प्रतिवद्ध छौं ।’ सुपर फोटन माईक्रो भ्यान सवारी साधानमा हिटर, कुलरसँगै जीपीएल सिष्टम, एलसीडी मनिटर लगायतका सुविधाहरु रहेको अध्यक्ष राईको भनाइछ ।


    ‘माघ ७ गतेदेखि नियमित रुपमा दिक्तेलबाट दैनिक विहान ६ बजे र काठमाण्डौबाट पनि विहान ६ बजे फोटन माईक्रो भ्यान छुट्ने अध्यक्ष राईले बताइन् ।

    उनले भौगोलिक चुनौति रहेको भएपनि यात्रुहरुलाई प्रभावकारी सेवा दिन नयाँ रणनीतिक योजनाका साथ अघि बढ्ने प्रालिले कार्ययोजना बनाइरहेको बताइन् । 

    प्रकाशित मिति :माघ ६, २०७७ मंगलवार - ११:१२:०० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको