अमेरिकी राष्ट्रपति ट्रम्पले छाडे ह्वाइट हाउस

अमेरिकी राष्ट्रपति ट्रम्पले छाडे ह्वाइट हाउस

रोदिक खबर

७, माघ २०७७
  • 4.1K
    SHARES
  • अमेरिकी राष्ट्रपति  ट्रम्पले छाडे ह्वाइट हाउस

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छाडेका छन् । उनी बुधबार साँझ आफ्नो निवास फ्लोरिडा सरेका हुन् । बिदाइ सम्बोधनका क्रममा ट्रम्पले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पक्ष र अमेरिकी नागरिकलाई धन्यवाद दिए ।

    सम्बोधनका क्रममा ट्रम्पले आफू कुनै न कुनै रुपमा फेरि जनतामा फर्किने संकेत समेत गरे । उनले भने, ‘कुनै न कुनै रुपमा म तपाईँहरुको बीच फर्किनेछु। ट्रम्पले नयाँ राष्ट्रपति जो बाइडेनलाई बधाइ दिँदै आफूले बाहिरबाटै सरकारको कामबारबाहीबारे निगरानी गर्ने प्रतिक्रिया दिए।

    प्रकाशित मिति :माघ ७, २०७७ बुधवार - २०:३२:२८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको