शुक्रवार, भाद्र २६ गते २०८३

हलेसीमा एक महिनामा ३ लाख २६ हजार भेटी संकलन 

हलेसीमा एक महिनामा ३ लाख २६ हजार भेटी संकलन 

रोदिक खबर

८, माघ २०७७
  • 3.8K
    SHARES
  • हलेसीमा एक महिनामा ३ लाख २६ हजार भेटी संकलन 

    खोटाङ  ।  खोटाङको त्रिधार्मिकस्थल हलेसीमा एक महिनाको अवधिमा ३ लाख २६ हजार ४ सय भेटीघाटी संकलन भएको छ । गत पुस ८ गतेदेखि माघ ८ गतेसम्मको अवधिमा हलेसी महादेवस्थान शिव र पार्वती थानबाट २ लाख ५४ हजार ४५० रुपैयाँ र मन्दिरको प्रांगणमा रहेको दान पेटिकावाट ७१ हजार ९५० रुपैयाँ भेटीघाटी संकलन भएको हो ।

    कोभिड–१९ को त्रासकाबिचमा पनि हलेसीमा दर्शन गर्न र भ्रमण गर्न आएका स्वदेश तथा विदेशका तिर्थयात्रीबाट महिना दिनमै लाखौं भेटीघाटी संकलन भएको हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख इवन राईले बताए । 

    हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसीमा महिना दिनकै अवधिमा भारु ५ हजार ७६० र अमेरिकन २ डलर चढाइएका छन् । 

    यस्तै, हलेसी आएका दर्शनार्थीले ७३.२२० ग्राम चाँदी र १.३१० ग्राम सुन चढाएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले बताए । यस अवधिमा त्रियुगा नगरपालिका–६ जलजलेकी प्रभा राईले १ तोला ४ लालको सुनको सिक्री चढाएको हलेसी सूचना केन्द्रले जनाएको छ । 

    हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसीमा गत मंसिर १६ गतेदेखि पुस ८ गतेसम्मको अवधिमा दर्शनार्थी तथा पर्यटकबाट ५ लाख ६४ हजार २९० रुपैयाँ भेटीघाटी संकलन भएको थियो ।

    कोरोना भाइरसको महामारीका कारण गत चैत ८ गतेदेखि रोक लगाइएको हलेसी गुफा (मन्दिर) प्रवेश गत मंसिर १६ गतेदेखि खुला गरिएको थियो । 

    प्रकाशित मिति :माघ ८, २०७७ बिहिवार - १७:४०:१० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको