• ट्रेण्डिङ:

 मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु, दुईजना घाइते

 मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु, दुईजना घाइते

रोदिक खबर

१०, माघ २०७७
  • 3.6K
    SHARES
  •  मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु, दुईजना घाइते

    सप्तरी । तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा सप्तरीमा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।जिल्लाको बोदे बर्साइन नगरपालिका २ जोगियास्थित बिसनपुर-बोदे बर्साइन सडक खण्डमा शुक्रबार राति सवार प्रदेश नम्बर २-०१-००१ प ६४०३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा  मोटरसाइकलको बीचमा सबार खडक नगरपालिका-८ का १८ वर्षीय सुदीप चौधरीको मृत्यु भएको हो ।

    बिसनपुरबाट बोदेबर्साईनतर्फ जाँदै गरेको ३ जना सवार  मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनलाई स्थानीय अस्पतालमा प्राथमिक उपचार गराई यूनिक अस्पताल रायपुरमा लगेर उपचार गराइरहँदा मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता भुवनेश्वर साहले बताए ।

    दुर्घटनामा मोटरसाइकल चालक खडक नगरपालिका ८ बस्ने २७ वर्षीय शनी चौधरी र पछाडि सवार १८ वर्षीय दिवेश चौधरीको टाउको र शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका छन् । दुवैको युनिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    यसअघि दुई दिनमात्रै सप्तरीकै खडक नगरपालिकामा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा दुईजनााको मृत्यु भएको थियो ।

    प्रकाशित मिति :माघ १०, २०७७ शनिवार - १३:३८:३७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको