शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

आजको मौसम पूर्वानुमानः वर्षा र हिमपात

आजको मौसम पूर्वानुमानः वर्षा र हिमपात

रोदिक खबर

११, माघ २०७७
  • 2.9K
    SHARES
  • आजको मौसम पूर्वानुमानः वर्षा र हिमपात

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।

    महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतय सफा रहेको छ । यसैगरी, आइतबार दिउँसो देशका पहाडी भूभागहरूमा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ।भने, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न। १ को  उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    त्यस्तै, राति देशका पहाडी भूभागहरूमा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ। यता, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न १ को  उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    प्रकाशित मिति :माघ ११, २०७७ आइतवार - ०७:३६:०६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको