शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

बालुवाटारमा नागरिक समाजको मार्चमा पानीको फोहोरा र प्रहरीको लाठी

बालुवाटारमा नागरिक समाजको मार्चमा पानीको फोहोरा र प्रहरीको लाठी

रोदिक खबर

१२, माघ २०७७
  • 5.9K
    SHARES
  • बालुवाटारमा   नागरिक समाजको  मार्चमा पानीको फोहोरा र प्रहरीको लाठी

    काठमाडौ  ।   प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शनमा नागरिकमाथि प्रहरीले हस्तक्षेप गरेको छ। बालुवाटारमा सोमबार भएको नागरिक समाजको प्रदर्शनमा प्रहरीले पानीका फोहरा र लाठीचार्ज गरेको हो।

    प्रधानमन्त्री निवास बालुवाटाबार बाहिर भएको भेलामा सहभागी नागरिकमाथि प्रहरीले प्रहार गरेको लाठी, पानीको फोहोरा हानेको थियो । 

    प्रधानमन्त्री केपी ओलीले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेको, अदालतलाई प्रभाव पार्न खोजिएको र आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै बालुवाटार अगाडि प्रदर्शन गरिएको हो।

    बृहत नागरिक आन्दोलनको आहृवानमा कमलपोखरी बचाउ अभियानका अभियन्ताहरुबाट माटोको टीका लगाएपछि मार्च सुरु भएको थियो । कमलपोखरीबाट मार्च पास गर्दै प्रधानमन्त्री निवास, बालुवाटार पुग्ने र कोणसभा आयोजना गर्ने पूर्वघोषित कार्यक्रम अनुसार नागरिक आन्दोलन अघि बढेको थियो ।

    Nagarik-andolan-14.jpg

    वृहत् नागरिक आन्दोलनका अनुसार प्रहरीले हस्तक्षेप गर्दा दर्जन बढि घाइते भएका छन् । घाइतेमध्ये संघर्ष दाहाल, कुमार बर्तौला, सिएन थारु, स्वर्णिम दिनेश, राम नरेश यादव, प्राध्यापक रमेश भट्टराई लगायतको काठमान्डु मोडल अस्पताल, हेल्पिङ ह्यान्ड्स र हिमाल हस्पिटलमा उपचार गरिएको छ ।

    गम्भीर घाइते भएका निर्गराज जैसी, जनक ढुङ्गाना, सुरज तामाङ, कुलदिप शर्मा, सुनिल श्रेष्ठ र गोविन्द भण्डारी शिक्षण अस्पतालमा उपचाररत छन् । सोमबार साँझसम्म जैसीको होस नआएको वृहत नागरिक आन्दोलनका तर्फबाट विज्ञप्ति जारी गरी युग पाठकले जानकारी दिएका छन् ।

    प्रकाशित मिति :माघ १२, २०७७ सोमवार - २२:२६:३८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको