शुक्रवार, भाद्र २६ गते २०८३

निर्वाचन तयारीमा जुट्यो आयोग, दल दर्ताका लागि आह्वान गर्ने तयारी

निर्वाचन तयारीमा जुट्यो आयोग, दल दर्ताका लागि आह्वान गर्ने तयारी

रोदिक खबर

१७, माघ २०७७
  • 3.4K
    SHARES
  • निर्वाचन तयारीमा जुट्यो आयोग, दल दर्ताका लागि आह्वान गर्ने तयारी

    काठमाडौं । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम कार्यतालिका, निर्वाचन आचारसंहिताको घोषणा र राजनीतिक दल दर्ता कार्यक्रम अब छिट्टै ल्याउने तयारी गरेको छ।    आयोगका अनुसार, निर्वाचन आचारसंहिताको मस्यौदा तर्जुमा भएको छ भने निर्वाचन कार्यक्रम कार्यातालिका बन्ने क्रममा छ। निर्वाचन कार्यक्रम कार्यतालिका स्वीकृत भएसँगै आगामी निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको ढोका खुल्नेछ। 

    निर्वाचन आचारसंहिताबारे राजनीतिक दलसँग आयोगले परामर्श गर्न बाँकी नै छ। दलसँगको छलफल र परामर्शपछि आचारसंहिता स्वीकृत गरेर कार्यान्वयनमा ल्याइने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।

    निर्वाचन कार्यक्रम कार्यातालिका पनि अहिले तर्जुमाकै क्रम अर्थात् मस्यौदा बन्दै गरेको अवस्थामा छ। कार्यतालिका स्वीकृत भएपछि राजनीतिक दललाई दल दर्ताका लागि निवेदन दिन आयोगले सूचना जारी गर्ने प्रवक्ता श्रेष्ठले बताए। 

    निर्वाचन कार्यतालिका स्वीकृत भएपछि शुरुकै काम भनेको नै निर्वाचनमा भाग लिने राजनीतिक दलको पहिचान र निर्धारण हो। आयोगले आगामी वैशाख १७ र २७ गतेका लागि घोषणा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई निश्चित समय दिएर दल दर्ताका लागि आह्वान गर्नेछ।     

    “राजनीतिक दल दर्ता भएपछि मात्र अरु गतिविधि अघि बढ्ने भएकाले सुरुकै कार्यक्रमअन्तर्गत दल दर्ता पर्छ। त्यो अब छिट्टै गर्नुपर्ने अवस्था छ’, प्रवक्ता श्रेष्ठले भने। 

    प्रतिनिधि सभा विघटन र निर्वाचनका सम्बन्धमा सर्वोच्च अदालतमा परेको मुद्दामाथिको बहस अझैं सकिएको छैन।  जसले गर्दा निर्वाचनका लागि तोकिएको मिति क्रमशः साँघुरिदै गएको आयोग प्रवक्ता श्रेष्ठले बताए। रासस

    प्रकाशित मिति :माघ १७, २०७७ शनिवार - १६:२२:५८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको