बिहिवार, कार्तिक १३ गते २०८३

बाक्सिलादेखि सुँदेलको बोबु जोड्ने सडक निर्माण सुरु

बाक्सिलादेखि सुँदेलको बोबु जोड्ने सडक निर्माण सुरु

रोदिक खबर

१७, माघ २०७७
  • 4.2K
    SHARES
  • बाक्सिलादेखि सुँदेलको बोबु जोड्ने सडक निर्माण सुरु

    खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका वडा नम्बर ४ बाक्सिला र  वडा नम्बर ७ सुँदेलको बोबु जोड्ने सडक निर्माण सुरु भएको छ । खोटाङ, भोजपुर, सोलु र संखुवासभाको बीचमा रहेको धार्मिक तथा पर्यटकीय स्थल साल्पापोखरी जोड्ने गरी केपिलासगढीले बाक्सिलादेखि सुँदेलको बोबु जोड्ने सडक निर्माण सुरु गरेको हो ।

    ३० लाख रुपैयाँमा ३ किलोमिटर सडक विस्तार गर्ने गरी निर्माण सुरु गरिएको केपिलासगढी गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताए ।  केपिलासगढी हुँदै साल्पापोखरी पुग्ने सडक अभाव भइरहेको अवस्थामा बाक्सिला–बोबु सडक निर्माण सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

    उपभोक्ता समितिमार्फत १३ माघदेखि सडक निर्माण सुरु गरिएको हो । यो सडकलाई क्रमशः विस्तार गर्दै साल्पापोखरीतर्फ लगिने गाउँपालिका अध्यक्ष राईले बताए । निर्माणाधीन सडक गाउँपालिका अध्यक्ष राई, उपाध्यक्ष हीरादेवी वन, प्रमुख प्रशासकीय अधिकृत छविलाल राईलगायतको टोलीले निरीक्षण गरेको छ ।

    पूर्वी पहाडका ४ जिल्लाको पर्यटन प्रवद्र्धनका लागि परिकल्पना गरिएको मुन्धुम ट्रेलको करिब ४८ किलोमिटर खण्ड केपिलासगढीभित्र पर्छ । साल्पापोखरी पुग्न केपिलासगढीको भू-भाग पार गर्नुपर्ने भएकाले पनि सडक विस्तारको काम थालिएको हो ।

    सडकले बाक्सिला र सुँदेललाई जोड्नेछ । साल्पापोखरी जान सहज बाटो खुल्नेछ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘साल्पापोखरीको पर्यटन प्रवर्द्धनका लागिसमेत यो सडकलाई उपयोगी बनाउने हाम्रो लक्ष्य छ ।’ 

    प्रकाशित मिति :माघ १७, २०७७ शनिवार - २१:११:०१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको