म्यानमारको सेनाले नेतृ आङ सान सुकीलाई पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सोमबार बिहानै उनलाई आफ्नै निवासबाट पक्राउन गरेको हो ।
सेनाले सुकी, राष्ट्रपति विन मिन्टसहित प्रदेशका मुख्यमन्त्रीहरूलाई समेत पक्राउ गरेको संचारमध्यमहरुले जनाएको छ । केहि समयदेखि म्यानमारमा सेनाले कू गर्न सक्ने बताइएको थियो ।
नियन्त्रणपछि राजधानी नेपिद्अ र मुख्य सहर यानगुनका सडकमा सेनाहरू गस्तीमा निस्किएका छन्, भने टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको बीबीसीले जनाएको छ ।
सुकीको नेशनल लिग फर डेमोक्र्यासी (एनएलडी) पार्टीले सरकार बनाउन पुग्ने बहुमत ल्याए पछि सेनाले उक्त चुनावमा धाँधली भएको बताउँदै आएको थियो। तर म्यानमारको निर्वाचन आयोगले भने सो कुरालाई अस्वीकार गर्दै आएको छ ।