शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

रोदिक खबर

१९, माघ २०७७
  • 7.4K
    SHARES
  • कस्तो रहला आज देशभरको मौसम ?

    काठमाडौँ । अहिले प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आशिंक बदली रहि तराईका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ भने बांकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव रहेको छ।

    आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ। यी क्षेत्रहरुमा आज राती पनि मौसमको यस्तै अवस्था कायम रहने महाशाखाले जनाएको छ ।

    यसैगरी आज काठमाडौँको न्यूनतम तापक्रम २.६ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो काठमाडौँको न्यूनतम तापक्रम १.८ डिग्री सेल्यिस थियो । आज दिउँसो काठमाडौँको तापक्रम १७ देखि १९ डिग्री सेल्सियस रहने महाशाखाको अनुमान छ ।

    प्रकाशित मिति :माघ १९, २०७७ सोमवार - ०८:११:३० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको