• ट्रेण्डिङ:

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

रोदिक खबर

१९, माघ २०७७
  • 3.8K
    SHARES
  • कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमवार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिनेछ ।

    कोरोना महामारीका कारण बैशाखमा हुने भनिएको १२ को परीक्षा ९ मंसिरबाट शुरु भएको थियो । परीक्षामा देशभरबाट ४ लाख बढी विद्यार्थीहरु सहभागी रहेका थिए । कोरोना महामारीलाई मध्यनजर गर्दै बोर्डले जम्मा ४० प्रतिशत अंकका लािग मात्र परीक्षा लिएको थियो । भने बाँकी ६० प्रतिशत अंक भने कक्षा ११ बाट ४० र कक्षा १२ को आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित गरिएको हो ।

    बोर्डका अनुसार ३.६१ देखि ४ जीपीए ल्याउनेको संख्या ६९१६ जना रहेको छ भने ३.२१ देखि ३.६० जीपीए ल्याउने परीक्षार्थीको संख्या ३८ हजार ४८० जना रहेको छ यस्तै २.८१ देखि ३.२० जीपीए ल्याउनेको संख्या १ लाख ९ हजार ३१२ जना रहेको छ ।

    यस्तै २.०१ देखि २.४० जीपीए ल्याउनेको संख्या ५२ हजार ४२७ जना रहेका छन् । यस्तै १.६१ देखि २.० जीपीए ल्याउनेको संख्या ७ हजार १६४, १.२१ देखि १.६० जीपीए ल्याउनेको संख्या ३३३, ०.८१ देखि १.२० जीपीए ल्याउनेको संख्या ४ र ० देखि ०.८० जीपीए ल्याउनेको संख्या १८ हजार ८८९ रहेको छ ।

    12_result_2077.jpg

    प्रकाशित मिति :माघ १९, २०७७ सोमवार - १३:०३:१३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको