शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

गाइघाटमा मिडिया विकास कोषबारे सचेतना कार्यक्रम सम्पन्न

गाइघाटमा मिडिया विकास कोषबारे सचेतना कार्यक्रम सम्पन्न

रोदिक खबर

२०, माघ २०७७
  • 3.1K
    SHARES
  • गाइघाटमा मिडिया विकास कोषबारे सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं  । उदयपुरको गाइघाटमा मिडिया विकास कोषबारे सचेतना कार्यक्रम सम्पन्न भएको छ। प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ उदयपुर  शाखाको संयोजनमा  मिडिया विकास कोषबारे सचेतना कार्यक्रम सम्पन्न भएको हो। 

    कार्यक्रमका प्रमुख अतिथि एवं वरिष्ठ पत्रकार तीर्थ कोइरालाले अहिलेको पत्रकारिता मोफसलमा मात्रै सिमित नभएर अन्तर्राष्ट्रिय स्तरको भएको बताएका छन्। नयाँ प्रविधिसँगै अभ्यस्त बन्दै फट्को मार्नुपर्ने परिस्थितिमा अहिलेको युग कुदेको भन्दै पुराना पत्रकारले वरिपरिको परिवेश बुझेर समाचार पस्किन सक्यौं भने पत्रकारिता क्षेत्रमा सहयोग पुग्ने कोइरालाको भनाइ थियो। 

    उनले  थोरै लगानीबाट धेरै प्रतिफलको चाहना लगानीकर्ताबाट अपेक्षा हुने गर्दै गर्दा पत्रकारको बाटो फरक हो भन्नेतर्फ सचेत रही लगानीकर्ताको आरिस र चिन्ता नलिइ आफ्नो पत्रकारिताको धर्म र कर्ममा दत्तचित्त भएर लागे पत्रकारितामा शुद्धता कायम हुने र यसको प्रतिष्ठा झनै उचो हुने बताए।  

    सबै सञ्चारमाध्यमका सस्थाबाट भाषागत शुद्धताका लागि आ-आफ्ना भाषाशैलीमा शुद्धता कायम हुँदा समग्र पत्रकार र पत्रकारिता जगतको गरिमा रहने हुँदा निरन्तर एक आपसमा बहस र छलफलले सही सूचना पस्किन सहयोग पुग्ने कोइरालाको भनाइ थियो ।

    प्रेस काउन्सिल नेपालका सह प्रशासकीय अधिकृत रामप्रसाद पोखरेलले मिडिया विकास कोषका सहयोगका क्षेत्रहरू र कोषबाट संचार केन्द्र स्थापनाका लागि हालसम्म अनुदान प्राप्त गरेका बिभिन्न जिल्ला शाखाहरुका सम्बन्धमा प्रकाश पार्नुका साथै कोषबाट व्याज अनुदान लगायतका सुबिधा  लिनका लागि पेस गर्नुपर्ने कागजातहरुका विषयमा प्रष्ट पारेका थिए। 

    वरिष्ठ पत्रकार कौशल चेम्जोङले प्रविधीमैत्री अनलाइन पत्रकारिताबाट छिटो रेस्पोन्स हुने गरेको हुँदा यसको प्रभावकारिता र क्रेज बढेकोले पत्रकारलाई चनाखो भै सत्य तथ्य समाचार पस्किनुपर्ने बताए। 

    कार्यक्रम नेपाल पत्रकार महासंघ उदयपुर शाखाका अध्यक्ष भरत खड्काको सभापतित्वमा भएको थियो । 

    प्रकाशित मिति :माघ २०, २०७७ मंगलवार - १३:०६:५४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको