खोटाङ । आगोमा जल्दा खोटाङमा ७ वर्षीय बालकको मृत्यु भएको छ । भत्किएको घरमा माझ बनाएर राखिएको खर र परालमा आगो लाग्दा रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानी सिम्लेका जेसन मगरको मृत्यु भएको हो ।
मंगलबार साथीहरुसँग खेल्न गएको अवस्थामा आगो खेलाउनेक्रममा खर र परालको माझमा आगो लाग्दा बालकको मृत्यु भएको जानकारी आएको रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताए ।
जेसनसँगै खेल्न गएका दुई बालकले भने भागेर बाचेका छन् । आगो सुरु भएपछि जेसन भने लुक्न खोज्दा आगोमै परेको स्थानीयले बताएका छन् । बाल विकास केन्द्र सिम्लेमा अध्ययनरत बालकको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क पठाइएको गाउँपालिका अध्यक्ष निरौलाले बताए ।