• ट्रेण्डिङ:

रुपन्देहीमा कोरोना संक्रमित पुरुषको मृत्यु

रुपन्देहीमा कोरोना संक्रमित पुरुषको मृत्यु

रोदिक खबर

९, भाद्र २०७७
  • 4.5K
    SHARES
  • रुपन्देहीमा कोरोना संक्रमित पुरुषको मृत्यु

    बुटवल । रुपन्देहीमा गैडहवा गाउँपालिका– ३ का ५५ वर्षका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । उनको सोमबार राति भीम अस्पतालमा मृत्यु भएको हो ।एक हप्ताअघि घरको छतबाट लडेर घाइते भएर युनिभर्सल मेडिकल कलेजमा उपचार गराइरहेका उनको ४ दिनअघि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    टाउकोमा रगत जमेका कारण शल्यक्रिया गर्नका लागि उनको पीसीआर परीक्षण गरिएको थियो । कोरोना पोजेटिभ देखिएपछि मेडिकल कलेजले डिस्जार्चका लागि दवाव दिएकाले उनलाई भीम अस्पतालमा भर्ना गरिएको परिवारका सदस्यले बताएका छन् ।

    गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवि घिमिरेले उनको मृत्यु भएको पुष्टि गरेका छन् । योसंगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ६ पुगेको छ ।

    प्रकाशित मिति :भाद्र ९, २०७७ मंगलवार - १०:१६:२८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको